१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्टिभ बेननले होस् गुमाएका छन् : ट्रम्प

 वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पुर्व सल्लाहकार स्टिभ बेननले पदबाट बर्खास्त भएसँगै चेतना गुमाएको आरोप लगाएका छन् ।

राष्ट्रपति निर्वाचनको समयमा भएको रूसी हस्तक्षेपबारे पत्रकार माइकल बुल्फको एक किताबमा बेननले उल्लेख गरेका तथ्यलाई लिएर आक्रोशित देखिएका ट्रम्पले बेननले जागीरसँगै होस गुमाएको बताएका हुन् ।

उक्त किताबमा बेननले अमेरिकी निर्वाचनको समयमा डोनाल्ड ट्रम्पका छोराले रूसी अधिकारीलाई भेटेको तथ्य उल्लेख गरेका छन् । किताबमा उनले ट्रम्प जुनियरले रूसी अधिकारीसँग भेट्नुलाई गैर कानुनी भएको समेत उल्लेख गरेका थिए ।

राष्ट्रपति ट्रम्पले भने राष्ट्रपति निर्वाचन तथा बेनन् बीच कुनै पनि सम्बन्ध नरहेको भन्दै बेननको खण्डन गरेका छन् ।यद्यपि ट्रम्पलाई राष्ट्रपतिका रूपमा निर्वाचित गराउनमा बेननको महत्वपूर्ण भूमिका रहेको अमेरिकी सञ्चार माध्यम तथा राजनीतिक विश्लेषकहरूको तर्क रहेको छ ।

राष्ट्रपतिका रूपमा ट्रम्प निर्वाचित भए पश्चात् पनि बेनन् ह्वाइट हाउसका सल्लाहकारका रूपमा कार्यरत्त थिए  ।  डोनाल्ड ट्रम्प सन् २०१६ नोभेम्बरमा अमेरिकाको ४६ औ राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।

राष्ट्रपतिका रूपमा  निर्वाचित भएको करिब ८ महिना पश्चात् मात्रै ट्रम्पले बेननलाई पदबाट बर्खास्त गरेका थिए ।बेननलाई गत अगस्टमा पदबाट बर्खास्त गरिएको थियो ।  निर्वाचनको समयमा सहयोग गरेको भन्दै राष्ट्रपति ट्रम्पले बेनन् प्रति कृतज्ञता व्यक्त गर्दै  पदबाट बर्खास्त गराएका थिए ।

 

प्रकाशित: २० पुस २०७४ ०७:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App