१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मेघान पहिलो पटक शाही क्रिसमस समारोहमा सहभागी

लन्डन— वेलायतको शाही परिवारले बनाउने क्रिसमस समारोहमा राजकुमार ह्यारीकी हुनेवाला दुलही मेघान मार्केल सहभागी भएकी छिन्। हलिउड कलारकार उनी पहिलो पटक वेलायती शाही परिवार सदस्यको रुपमा समारोहमा सहभागी भएकी हुन्।

ह्यारी र मेगन राजकुमाार विलियम र केटका साथमा सेन्ट मेरी चर्च पुगेका थिए।

गत नोभेम्बरमा ह्यारी र मेघानबीच इङ्गेजमेन्ट भएको थियो। त्यसको केही समयपछि उनीहरुको विवाहको मिति तय भएको थियो। किङ्स्टन प्यालेसले ह्यारी र मेगनबीच सन् २०१८ को मे १९ मा औपचारिक विवाह हुने निश्चित गरेको छ।

उनीहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ। विवाहमा हुने सम्पूर्ण खर्च दरबारले व्यहोर्नेछ। विभिन्न प्रकारका सांगीतिक कार्यक्रम तथा भोजभतेरका साथ विवाह सम्पन्न हुनेछन्। उनीहरू सन् २०१६ देखि प्रेममा थिए। राजकुमार ह्यारी बेलायती राजपरिवारका पाँचौं बरियतामा पर्छन्।
 

प्रकाशित: १० पुस २०७४ १२:५४ सोमबार

मेघान पहिलो पटक शाही क्रिसमस समारोहमा सहभागी