१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा पहिरोले बस पुर्दा ४६ जनाको मृत्यु

नयाँ दिल्ली – भारतको हिमाञ्चल प्रदेशमा पर्ने मन्डि जिल्लामा गएको पहिरोमा बस पुरिँदा ४६ जनाको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्।
२३ जना मृतकको पहिचान खुलिसकेको छ। बाँकीको पहिचान खुल्न सकेको छैन।  पुरिएका मध्ये  ५ जना यात्रुलाई प्रहरीले उद्धार गरेको छ।

विगत केही दिनदेखि भएको अविरल वर्षाका कारण भारतका विभिन्न क्षेत्रहरूमा पहिरोको जोखिम बढ्दै गएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोका कारण ज्यान गुमाउनेहरू प्रति श्रद्धान्जलि व्यक्त गर्दे  परिवारहरू प्रति धैर्य धारणको कामना गरेका छन्। मृत्तक परिवारहरूलाई ५ लाखको क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
 

प्रकाशित: ३० श्रावण २०७४ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App