१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पोर्चुगलको आगलागीमा मर्नेको सङ्ख्या ५७ नाघ्यो

पेनेल – पोर्चुगलको मध्यभागमा पर्ने एउटा जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ५७ नाघेको छ। 

घटनामा अन्य कैयौँ घाइते भएका सरकारी अधिकारीले आइतबार जनाएका छन । मृत्यु भएका मध्ये अधिकांश कारभित्रै जलेका थिए भने घाइते हुनेमा अग्नीनियन्त्रकसमेत रहेका छन्। 

आगलागी नियन्त्रणको लागि करिब छ सय अग्नीनियन्त्रक र १६० भन्दाबढी सवारी साधन परिचालन गरिएको छ। 

लिस्बोनबाट करिब १५० किलोमिटर उत्तरपूर्वमा रहेको लैरीया जिल्लाको पेद्रोगाओ ग्रान्दे क्षेत्रबाट शनिबार अबेर सो आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन्। 

यस घटनापछि त्यहाँका प्रधानमन्त्री इन्टोनिओ कास्टोले आफूहरुले त्रासदी र वियोगको सामना गरिरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्नेसमेत जानकारी दिएका छन्। 

आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीका अनुसार पेद्रोगाओ ग्रान्दे जिल्लामा बनमा आगलागीका माझमा फसेर रहेका १६ जनाको ज्यान गएको थियो । त्यसैगरी तीनजनाको भने धुवाँले निसास्सिर ज्यान गएको पनि जानकारी दिएका थिए । 

पेद्रोगाओ नगरमा मेयरका अनुसार आगलागी नियन्त्रण गर्नको लागि पर्याप्त अग्नीनियन्त्रक नभएको र आगलागाीको कारण अहिलेसम्म प्रष्ट हुन नसकेको जानकारी दिएका छन्। 

घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ । 

गृह मन्त्रालयका सचिव जर्ज गोम्सले आगलागीमा परेर ५७ जनाको मृत्यु भएको र अरु ५९ जना घाइते भएको जानकारी दिए।

पोर्चुगलका अधिकांश स्थानमा हाल ४० डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहेकाले अत्याधिक गर्मी भई सजिलै आगलागी हुने गरेको छ । गत वर्ष पनि झन्डै एक लाख हेक्टर क्षेत्रफलको जङ्गलमा आगलागी भएको थियो । 

प्रकाशित: ४ असार २०७४ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App