नयाँ दिल्ली – शनिबार बिहान भारतको प्रसिद्व तीर्थस्थल बद्रीनाथमा तीर्थालु बोकेको एक हेलिकप्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ पाइलट घाइते भएका छन्।
उक्त हेलिकप्टरमा ५ तीर्थालु र पाइलट सवार थिए । हेलिकप्टरमा सवार अन्य ५ तीर्थालुहरू भने खतरामुक्त रहेका छन् । उडेको केही समयमा नै आकस्मिक रुपमा सन्तुलन गुमाउँदा हेलिकप्टर जमिनमा खसेको थियो । हेलिकप्टर दुर्घटना हुदाँ भाग्ने क्रममा त्यसको पङखाले काटेर एक जनाको मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका हुन् ।
घाइते पाइलटहरूलाई उपचारका लागि लगिसकिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रकाशित: २७ जेष्ठ २०७४ ०७:४४ शनिबार