१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजिप्टको चर्चमा बम हमला

कायरो – इजिप्टको टान्टा सहरमा रहेको चर्चमा आइतबार बम विस्फोट गराइएको छ । 

विस्फोटनमा परी कम्तीमा २१ जनाको मृत्यु भएको इजिप्टको सरकारी सञ्चार माध्यमले जनाएको छ । घटनामा अन्य ५९ जना घाइते भएका छन् । 

स्थानीय समयानुसार आइतबार बिहान १० बजे सो विस्फोट भएको थियो । घटनास्थल कायरोदेखि १२० किलोमिटर उत्तरतर्फ पर्दछ । 

यसैबीच पाकिस्तानको पञ्जाव प्रदेशमा पाँच जना लडाकू र एक जना सुरक्षाकर्मी मारिएका छन् । 

पञ्जावको देरा घाजी खान जिल्लामा सुरक्षाफौजले गरेको विषेश सुरक्षा कारबाहीका क्रममा भएको दोहोरो झडपमा परी पाँच जना आतङककारीको मृत्यु भएको सेनाले जनाएको छ । 

सरकार विरोधी गतिविधि गरिरहेकाहरुका विरुद्धमा सरकारले देशभरी सुरक्षा कारबाही तीब्र बारेको छ । रासस/एएफपी

प्रकाशित: २७ चैत्र २०७३ १०:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App