२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा महान्यायाधिवक्ता बर्खास्त

ट्रम्पले बर्खास्त गरेकी महान्यायाधिवक्ता साली यट्स

वासिङ्टन डिसी—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता साली यट्सलाई बर्खास्त गरेका छन्। ट्रम्पको कार्यकारी आदेशविरुद्ध अभिव्यक्ति दिएकी यट्सलाई तत्कालै बर्खास्त गरिएको हो।

उनले ट्रम्पको आदेशविरुद्ध न्याय विभागका अन्तर्गतका सबै वकिललाई आप्रवासीसम्बन्धी अादेशविरुद्ध उभिन निर्देशन दिएकी थिइन्। उनलाई पूर्व राष्ट्रपति बाराक ओबामाले महान्यायाधिवक्ता नियुक्त गरेका थिए।

उनले ट्रम्पको आदेशविरुद्ध न्याय विभागका अन्तर्गतका सबै वकिललाई आप्रवासीसम्बन्धी अादेशविरुद्ध उभिन निर्देशन दिएकी थिइन्।

हान्यायाधिवक्ताको यस्तो निर्देशन थाहा पाउना साथ राष्ट्रपति ट्रम्पले उनलाई बर्खास्त गरेका हुन्। ह्वाइ हाउसले विज्ञप्ति सार्वजनिक गर्दै 'महान्यायाधिवक्ता यट्सले न्याय विभागलाई धोका दिएको' टिप्पणी गरेको छ। यट्सको सट्टा महान्यायाधिवक्तामा डेना बोएन्टेलाई नियुक्त गरिएको छ।

शुत्रक्रबार रक्षामन्त्रीलाई शपथ गराएपछि राष्ट्रपति ट्रम्पले सोमालिया, सुडान, यमन, लिबिया, रिसिया, इराक र इरानी नागरिकलाई तीन महिनासम्म अमेरिका प्रवेशमा रोक लगाएका थिए। यो सँगै ट्रम्पले अमेरिकी शरणार्थी कार्यक्रम एक सय २० दिनलाई बन्द गर्ने निर्देशनमा हस्ताक्षर गरेका थिए। यसले हजारौँ आप्रवासी अप्ठ्यारोमा परेका छन्।

आफ्नो विवादास्पद निर्णयको कानुनी बचाउका लागि ट्रम्पले महान्यायाधिवक्ता बर्खास्त गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रकाशित: १८ माघ २०७३ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App