१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आप्रवासी छिराउनु मर्केलको ठूलो भूलः ट्रम्प

वासिङटन–अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जर्मन चान्सलर एन्जेला मर्केलले १० लाखभन्दा बढी आप्रवासी भित्र्याएर ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । लन्डनको ‘द टाइम्स’ र जर्मन अखबार ‘बिल्ट’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् ।

सन् २०१५ मा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले आठ लाख ९० हजार शरणार्थीका लागि ढोका खोलेको थियो । यसै कारण यस मुलुकमा आप्रवासीविरोधी अभियान अगाडि बढेको थियो ।    सन् २०१६ मा यो सङ्ख्या दुई लाख ८० हजारमा झरेको जानकारी सरकारले दिएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले ब्रिटेन र जर्मनीस्थित दुई अग्रणी अखबारलाई अन्तर्वार्ता दिदैं आफ्ना विदेश नीति प्राथमिकताको खाका प्रष्ट गरेका छन् ।
तर उनले मर्केल युरोपको सबैभन्दा महत्वपूर्ण नेता भएको र जर्मनीका लागि युरोपेली संघ (इयु) साधन भएको बताए ।

रुस र चीनसँगको सम्बन्धदेखि लिएर मध्यपूर्वसम्मका मुद्दामा पनि उनले आफ्नो धारणा राखेका थिए । उनले बाँकी विश्वसँग अमेरिकाले व्यापार घाटा बेहोरिरहेको भन्दै उक्त समस्या सम्बोधन हुने सम्झौता गर्न आफूले चाहेको बताए ।

खासगरी चीनसँगको व्यापार घाटा कम गर्न चाहेको उनको भनाइ थियो । उनले भने, ‘चीनसँग हाम्रो सयौं अर्ब डलरको व्यापार घाटा छ । विश्वसँग ८ सय ५ अर्ब डलर व्यापार घाटा छ । हामीले त्यत्रो परिमाणमा पैसा गुमाइरहेका छौं ।’

रुसले पारमाणविक हतियार उल्लेखनीय रुपमा कटौती गरे त्यसको बदलामा मस्कोमाथिका प्रतिवन्धहरु खुकुलो पार्न सकिने उनले जनाए । उनले मध्यपूर्वबारे टिप्पणी गर्दै सन् २००३ मा इराकमाथि आक्रमण गर्नु आफ्नो देशको इतिहासमै सबैभन्दा ठूलो भूल भएको बताए ।

उनले सिरियाभित्रै सुरक्षित क्षेत्रहरु बनाइनुपर्ने भन्दै त्यसका लागि खाडीका अमेरिकी मित्रहरुले खर्च बेहोर्नुपर्ने बताए । उनले ब्रिटेन र इयुबाट बाहिरिने उक्त मुलुकको निर्णयबारे कुरा गर्दै त्यसलाई आफ्नै पहिचान कायम गर्ने दिशामा महत्वपूर्ण कदम भनेका छन् ।
खुलेर बोल्ने क्रममा ट्रम्पले नेटोको पनि आलोचना गरे ।  उनले

रसियाले क्रिमियालाई आफूमा गाभेपछि तथा युक्रेनमा हस्तक्षेप गरेपछि नेटो डराएको उनको धारणा थियो । उनले नेटोे काम नलाग्ने भएको बताएका थिए ।  निर्वाचन अभियानमा ट्रम्पले मुलुकको प्रतिरक्षाका लागि अमेरिकाले खर्च गरेको रकम प्राप्त नगरेमा नेटोका सहयोगीलाई सहयोग गर्ने कुरामा आफूले पुनर्बिचार गर्न सक्ने बताएका थिए । ट्रम्पको विजयपछि नेटोका महासचिव जेन्स स्टलटेनबर्गले करिब ७० वर्षसम्म यो गठबन्धन आन्ध्रमहासागरको वरपर सुरक्षाकाका लागि तयार भएको बताउँदै नयाँ चुनौतीको समयमा नेटोको आवश्यकता रहने दाबी गरेका थिए ।

 हालका वर्षमा अट्ठाइस मुलुकको यस गठबन्धनमा खर्च कसले बेहोर्ने भन्ने विषयमा विवाद हुने गरेको छ ।  अमेरिकाले यस संस्थाको ७० प्रतिशत खर्च बेहोर्दै आएको छ ।   सन् २०१४ मा युक्रेनमा रसियाको हस्तक्षेप र मध्यपूर्व तथा उत्तर अफ्रिकामा उथलपुथलपछि नेटोका नेताहरूले प्रतिरक्षा खर्च कटौती गर्ने कुरामा परिवर्तन गरी आर्थिक उत्पादनको दुई प्रतिशत प्रतिरक्षामा खर्च गर्ने सहमति गरेका थिए ।
आइतबारको अन्तर्वार्तामा ट्रम्पले मुलुकहरूले तिर्नुपर्ने रकम नतिरेको बताएका थिए । उनले पाँच मुलुकले मात्र आफूले तिर्नुपर्ने कुरा तिरेको र त्यो पर्याप्त नभएको बताएका थिए ।  

प्रकाशित: ४ माघ २०७३ ०५:२३ मंगलबार

आप्रवासी छिराउनु मर्केलको भूलः ट्रम्प