१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले भने–विदेशीलाई अमेरिकी जनताको रोजगारी खोस्न दिन्न

वासिशंटन–अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि युवाहरुको रोजगारीको मुद्दा उठाएका छन्। अमेरिकी जनताको हितलाई जोड दिँदै  ‘एचवानबी भिसा’ (जुन विभिन्न पेशमा आबद्ध व्यक्तिकालागि जारी गरिएको हुन्छ) प्रयोगकर्ता विदेशी कामदारले अमेरिकी स्थानीयलाई रोजगारीबाट बञ्चित गरेको आरोप लागिरहेका बेला ट्रम्पले अमेरिकी जनताको  रोजगारी गुम्न नदिने बाचा गरेका हुन्।

यसअघि ट्रम्पले आफ्नो चुनावी भाषणका क्रममा भारत तथा चीनमाथि अमेरिकी जनताको रोजगारी खोसोको आरोप लगाएका थिए। उनले आइबीएमलगायत धेरै आइटी कम्पनीलाई चेतावनी पनि दिएका थिए।  ट्रम्पको सो अडानले अमेरिकामा बसेको धेरै आप्रवासी प्रभावित हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।  ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफू अमेरिकी नागरिकको जीवन रक्षा गर्न अन्तिम समयसम्म लागिपर्ने बताएका छन्।

‘अब कुनै पनि कम्पनीले अमेरिकी जनताको रोजगारी हरण गरेर विदेशीलाई दिन पाउँदैनन्,’ उनले भने,‘म चुनाव अभियानका क्रममा विदेशी मानिसलाई तालिम दिने अमेरिकीसँग मेरो भेट भएको थियो। तालिमपछि ती कम्पनीले विदेशीलाई नै काममा राख्ने गरेको पाइयो अब त्यस्तो हुन दिन्न।’ ट्रम्पको सो प्रतिबद्धापछि समर्थकले निकै  लामोसमय सम्म ताली बजाएर स्वागत गरेका थिए।

सो क्रममा ट्रम्पले निकै उत्तेजक अभिव्यक्तिसमेत दिएका थिए। उनले अमेरिकमा रहेका कतिपय कम्पनीले अमेरिकन जनतलाई विना पैसा कामबाट निकाल्ने गरेको आरोपसमेत लगाएका थिए। ‘तपाइँको ठाउँमा विदेशीलाई रोजगारी दिइन्छ, जसलाई तपाइले प्रशिक्षित गर्नुहुन्छ, यो निकै अपमानको विषय हो,’ उनले भने।

प्रकाशित: २७ मंसिर २०७३ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App