१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सार्लोटको कर्फ्यु हटाइयो

वासिङटन– अमेरिकाको नर्थ क्यारोलिना राज्यको सार्लाेट महानगरमा जातीय रङ्गभेद भड्किई उत्पन्न भएको व्यापक हुलदङ्गा र अनियन्त्रणिय हिंसाका कारण गतः बिहीबारदेखि लगाइएको कफ्र्यु स्थानीय समया अनुसार आइतबार रातीबाट हटाइएको छ ।  कफ्र्यु हटाइए तापनि विरोध प्रदर्शन भने महानगरभरी छैठाँैं दिनसम्म पनि जारी नै रहेको छ ।

गतः मंगलबार अफ्रिकी मूलका एक अश्वेत अमेरिकी नागरिक किथ लामोन्ट स्कटलाई नर्थ क्यारोलिना प्रहरीले प्रहार गरेको  गोलीबाट मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि हजारौंँंको सङ्ख्यामा स्थानीय अश्वेत जनता भेला भई प्रहरी र श्वेतवर्णका जनसमुदाय विरुद्ध दुई दिनसम्म लगातार विरोध प्रदर्शन गरेकाले व्यापक हिंसा भड्किन गएका कारण सङ्कटकाल घोषणा गरिएको थियो । त्यसको लगत्तै कफ्र्यु जारी गर्नुपरेको थियो ।

   सार्लोट महानगरकी मेयर जेनिफर रोबर्टर्स र बोर्ड अफ काउन्टि कमिसनरका अध्यक्ष ट्रेभर फुलरले आ(आफ्ना अनलाइन ट्वीटरमार्फत् स्थानीय समयानुसार आइतबार रातिदेखि लागू हुनेगरी कफ्र्युु हटाइएको  प्रष्ट पारेकी छिन् ।     कफ्र्युु हटाइए तापनि कुनै बखत फेरि पनि अनियन्त्रणिय हुलदङ्गा र हिंसात्मक झडप हुने स्थिति अझै कायम रहेको आशङ्का गरिएको छ ।

     गतः आइतबार साँझ सार्लोट नगरको बैंक अफ अमेरिका खेलमैदानमा क्यारोलिना प्यान्थर टिम र माइनसोटा भाइकिङग टिमबीच फुटबल खेलको प्रतिस्पर्धा भएका बखत रङ्गशाला बाहिर एकसय भन्दा बढी आक्रोशित प्रदर्शनकारी जम्मा भई हुलदङ्गा मच्चाउन खोजेका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

    सार्लोट महानगरमा संकटकाल लागू भएपछि अराजक स्थिति उत्पन्न हुन नदिन स्थानीय प्रहरी बलले नपुगेर नर्थ क्यारोलिना राज्यका गभर्नर प्याट म्याकक्रोरिको आदेशमा भारी संख्यामा नेसनल गार्ड र हाइवे प्याट्रोल फोर्सका सुरक्षाकर्मी परिचालन गरिएका थिए ।

    कफ्र्यु हटाइए पश्चात् हिंसा मत्थर भए तापनि जनआक्रोश कायमै रहेको र अश्वेत अमेरिकीले प्रहरी तथा श्वेत अमेरिकीप्रति नराम्ररी घृणाको दृष्टिले हेर्ने गरेको जनाइएको छ ।  प्रदर्शनकारीले न्यायको माग गर्दै अश्वेतप्रति प्रहरीले जहिले पनि हेला र ज्यादती गर्ने गरेको भन्दै मृतक किथ लामोन्ट स्कटलाई प्रहरीले गोली हानेको बखतको भिडियो रेकर्ड पारदर्शी रुपमा सार्वजनिक गर्न माग गरेका छन् । त्यस्तै सार्लोट महानगरकी मेयर जेनिफर रोबर्टर्सले स्थानीय सबैलाई आपसमा सामाजिक सद्भाव कायम राख्न आह्वान गरेकी छिन् ।

प्रकाशित: ११ आश्विन २०७३ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App