१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सार्लोट सहरमा दङ्गा भड्किएपछि सङकटकाल घोषणा

वासिङ्गटन– अमेरिकी राज्य नर्थ क्यारोलिनाको सार्लोट सहरमा दङ्गा भड्किएपछि सङ्कटकाल घोषणा गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

गत मङ्गलबार त्यहाँ प्रहरीको कुटाइबाट एक अफ्रिकन–अमेरिकन युवाको मृत्यु भएपछि त्यसविरुद्ध प्रदर्शन भैरहेको छ। प्रदर्शनकारीहरुले दोषी प्रहरीलाई कारबाही हुनुपर्ने माग राख्दै गरेको प्रर्दशनले हिंसात्मक रुप लिएपछि नर्थ क्यारोलिना राज्यका गर्भनरले सङ्कटकाल घोषणा गरेका हुन्।

नर्थ क्यारोलिना राज्यका गर्भनर प्याट म्याक्कोरिनले ट्व्टि गर्दै भनेका छन्, ‘काला वर्णका हजारांै मानिस गोरा वर्णका मानिसविरुद्ध प्रर्दशनमा उत्रिए र विगत केही दिनदेखि जारी प्रर्दशनले हिंसात्मक रुप लिएका कारण राज्यमा संकटकाल घोषणा गरिएको हो।

उनले हाल उक्त राज्यमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको बताएका छन्। उनले भने, ‘हाल स्थिति केही नियन्त्रणमा आएको छ, तर पूर्णरुपमा नियन्त्रणमा भने आएको छैन, त्यसैले कफर््युसमेत लगाउन सकिनेछ। उनले सर्वासधरणलाई दङ्गाग्रस्त क्षेत्रमा प्रवेश नगर्न र अनावश्यक रुपमा आफ्नो घरबाट ननिस्कन आग्रह गरेका छन्।
 

प्रकाशित: ६ आश्विन २०७३ १४:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App