२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसद्वारा युक्रेनको आवासीय भवनमा हमला

बिहीबार पूर्वी युक्रेनको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा बचेकाहरूलाई रुसी आक्रमणले ध्वस्त पारेपछि उद्धारकर्ताहरूले खोजी शुरु गरेका छन्। किभले मस्कोको आक्रमणको पहिलो वर्षगाँठमा ठूलो आक्रमण हुने अपेक्षा गरेको छ।

युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा बुधबार रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका छन्। टाउकोमा टर्च लगाएका उद्धारकर्ताहरूले भग्नावशेषबाट बाँचेकाहरूलाई निकाल्ने काम शुरु गरेका छन्।

भग्नावशेषमुनि कुचिएको एक बासिन्दाको शव फेला परेपछि, उद्धारकर्ताहरूले पीडितलाई स्ट्रेचरमा लगेका बताइएको छ।  अग्निनियन्त्रकहरुले भत्किएको भवनको संरचनामा आफ्नो बाटोमा काम गरेका जनाइएको छ।

धेरै मानिसहरू फसेका  विश्वास गरिएको हुनाले प्यारामेडिक, खोज र उद्धार कुकुरहरू र विस्फोटक विशेषज्ञहरू यस उद्धारकार्यमा संलग्न रहेका डोनेट्स्क क्षेत्रीय प्रहरीले जानकारी दिएका छन्।  आफ्नो अपार्टमेन्ट क्षतिग्रस्त भएको ७१ बर्षीय एक वासिन्दाले मैले पहिले सीटी सुनें र त्यसपछि सबै वरिपरि उड्न थाल्यो, भनेका छन् ।

‘शान्तिप्रिय मानिसहरू मरे र भग्नावशेषमुनि छन्’ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रकेट प्रहारपछि लेख्नु  भएको छ।

प्रकाशित: १९ माघ २०७९ ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App