१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले हिरालीलाई राक्षससँग तुलना गरेपछि...

वसिङटन–रिपब्लिकन उमेद्वार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई राक्षससँग तुलना गरेका छन्।
ओहायो कोलम्बसमा आयोजित र्यालीलाई सम्वोधन गर्ने क्रममा उनले क्लिन्टनलाई राक्षसको संज्ञा दिएका हुन्। उनले भने, ‘क्लिन्टनका प्रत्यासी बर्नी स्यान्डर्सले राक्षरसँग सम्झौता गरे।’

उनले नेबेम्बर ८ मा हुने राष्ट्रपति निर्वाचनमा धाधली हुने शंका पनि उनले व्यक्त गरेका छन्। उनले भने, ‘रिपब्लिकनले बेलैमा ध्यान नदिँदा चुनावमा धाँधली हुनसक्छ र हामी पराजित हुन सक्छौँ।’

यसैबीच फक्स न्युजलाई अन्तरवार्ता दिने क्रममा उनले राष्ट्रपति बाराक ओबामा कमजोर भएको र उनको कार्यकाल प्रभावकारी नभएको आरोप लगाका छन्। ओबामाले आफूलाई राष्ट्रपतिका लागि अयोग्य भनि टिप्पणी गरेपछि उनले त्यसको कडा प्रतिक्रिया जनाएका हुन्।

 

प्रकाशित: १९ श्रावण २०७३ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App