१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

ख्वपमा नर्सिङको नयाँं भर्ना खुल्ने

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा यो वर्षदेखि पुनः नर्सिङमा नयाँ भर्ना खुल्ने भएको छ। भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले यस्तो जानकारी गराएका हुन्।  

विद्यार्थीको भर्नासम्बन्धी बुझ्न सिटिइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीसँग भेट गरेपछि उनले यो वर्षदेखि पुनः भर्ना खोलेर पढाइ सञ्चालन गर्ने तय भएको जानकारी गराए। यसअघि १ सय शड्ढयाको आफ्नै अस्पताल नभएको भन्दै भर्ना रोकेको थियो। अहिले आफ्नै सय शड्ढयाको अस्पताल स्वीकृति पाएपछि भर्ना खुल्ने भएको हो।  

भेटमा प्रमुख प्रजापतिले गत वर्ष नर्सिङ क्याम्पसमा नयाँ विद्यार्थी भर्ना गर्न आफ्नै १ सय शड्ढयाको अस्पताल सञ्चालन हुनुपर्ने व्यवस्था भएकाले नयाँ विद्यार्थी भर्ना गर्न नसकेको जानकारी गराए। २०७९ जेठ २६ गते वाग्मती प्रदेश सरकारबाट १ सय शड्ढयाको अस्पताल सञ्चालन गर्ने अनुमति प्राप्त भएपछि नयाँ नर्सिङका विद्यार्थी भर्ना गर्न प्रक्रिया अगाडि बढाइएको उनले जानकारी गराए। तथापि विभिन्न प्रक्रियागत झन्झटले ढिलो भइरहेकामा उपाध्यक्ष अधिकारीको ध्यानाकर्षण गर्दै शीघ्र भर्ना प्रक्रिया अगाडि बढाउन उनले आग्रह गरे।

दक्ष जनशक्ति उत्पादन गरी देशको विकासमा योगदान दिने उद्देश्यका साथ भक्तपुर नगरपालिकाले सञ्चालित सातवटा शैक्षिक संस्थाबाट नेपालको ७२ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा प्रदान गरिरहेको प्रमुख प्रजापतिले जानकारी गराएका थिए।

भेटमा उपाध्यक्ष अधिकारीले स्थानीय तहबाट शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत आधारभूत सेवाहरू प्रदान गरी भक्तपुर नगरपालिकाले देशकै उत्कृष्ट नगरपालिकाको रूपमा कार्य भइरहेको सर्वविदितै रहेको स्मरण गरे। उनले सम्बन्धित पक्षहरूसँग छलफल गरी मंगलबारै नर्सिङ कलेज पुनः सञ्चालनका लागि निरीक्षण गराई बुधबारसम्ममा भर्ना प्रक्रिया अगाडि बढाउन सिटिइभिटीको वेबसाइटमा ख्वप बहुप्राविधिक अध्ययन संस्थानलाई पनि समावेश गरिसक्ने आश्वासन दिए।

भेटमा भक्तपुर नगरपालिका–२ का वडाध्यक्ष हरिप्रसाद वासुकला, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, सिटिइभिटीका परीक्षा शाखाप्रमुख, प्रशासन प्रमुखलगायत सम्बन्धित शाखाप्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ८ भाद्र २०७९ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App