गत चौबिस घण्टामा नेपालमा पिसिआर नमुनामध्येमा कोरोना संक्रमणदर ८.८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।
परीक्षण भएका १० हजार १ सय १३ वटा नमुनामध्येमा ८ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पिसिआर र एन्टिजेन दुवै विधिबाट भने संक्रमणदर ७.९ प्रतिशत रहेको छ।
थपसहित नेपालमा संक्रमितको कुल संख्या ८ लाख ८७ हजार ६ सय ८० पुगेको छ । देशभरि सक्रिय संक्रमित १८ हजार १ सय १५ जना छन् । गत चौबिस घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।
प्रकाशित: १६ आश्विन २०७८ ०५:२२ शनिबार