२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

आम्दा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले बुटवलको आम्दा अस्पताललाई प्यासन मोनिटर सहयोग गरेको छ। सञ्जालले सिद्धार्थ महिला तथा वाल अस्पताल (आम्दा)लाई ७ लाख ४६ हजार मूल्य बराबरको मोनिटर एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो।

सञ्जालका प्रतिनिधि काशीनाथ पोखरेलले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्रप्रसाद बस्याललाई मोनिटर हस्तान्तरण गरेको प्रशासन प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिए। सञ्जालका अध्यक्ष ईश्वर पोख्रेलले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी कर्मचारीहरुको सहयोगमा बिरामीको उपचारमा सहजता ल्याउन मोनिटर सहयोग गरिएको बताए। कार्यक्रम संयोजक तथा संजालका कला साहित्य, सांस्कृतिक संयोजक मुक्तिराम पोखरेलले कोभिड १९ को महामारीका बेला सहज र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहँुच बढाउन मद्दत पुर्याउने उद्देश्यले सहयोगको कार्यक्रम ल्याइएको बताए।

यो मोनिटरले आइसीयु कक्षमा भर्ना भई उपचार गराइरहेका बिरामीको उपचारमा सहजता ल्याउने अस्पतालले जनाएको छ। 

प्रकाशित: १६ भाद्र २०७८ १४:४४ बुधबार

सामाजिक सञ्जाल अर्घाखाँची अस्पताल