१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

आधारभूत अस्पतालका लागि डिपिआर पेश गर्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५५ स्थानीय तहलाई आधारभूत अस्पतालका लागि विस्तृत परियोजना विवरण (डिपिआर) पठाउन आग्रह गरेको छ।  

मन्त्रालयले ती स्थानीय तहले आधारभूत अस्पताल निर्माणका लागि डिपिआर नबुझाउँदा अस्पताल निर्माणका लागि बजेट विनियोजन गर्न समस्या परेकाले सो आग्रह गरेको हो। मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा प्रमुख डा गुणराज लोहनीले ती स्थानीय तहमा अस्पताल निर्माणका लागि आवश्यक जग्गाको सुनिश्चितता र डिपिआर तयार गरी पठाउन निर्देशन दिइएको जानकारी दिए।  

मन्त्रालयले आर्थिक वर्ष २०७७/२०७८ मा ३९६ स्थानीय तह र आव २०७८/२०७९ मा २५९ स्थानीय तहमा पाँचदेखि १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। तीन सय ९६ स्थानीय तहबाट अहिलेसम्म जग्गाको उपलब्धता, डिपिआर र बोलपत्र सम्झौता भइनसकेको र २५९ स्थानीय तहको लागि जग्गाको सुनिश्चितता, डिपिआर तयार गरी पेश गर्न मन्त्रालयले पटक–पटक आग्रह गर्दा पनि नपठाएको उनले बताए।  

मन्त्रालयले डिपिआर पेश गरेका मात्र स्थानीय तहलाई बजेट विनियोजना गरिने जनाएको छ।

प्रकाशित: १२ श्रावण २०७८ १३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App