१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

२७६८ नयाँ संक्रमित, थप ४४ को मृत्यु

नेपालमा थप २ हजार ७ सय ६८ कोरोना संक्रमित थपिएका छन्। कूल १३ हजार ३७ जनामा गरिएको परीक्षणमा २ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले गएको २४ घन्टाको तथ्यांक अद्यावधिक गर्दै सो अवधिमा ४ हजार २४ जना संक्रमणमुक्त भएको र ४४ जनाको मृत्यु भएको जनाएको छ।

सो संख्यासँगै नेपालमा कूल ८ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ भने हालसम्म ६ लाख १७ हजार ९ सय ४७ जना संक्रमित भएका छन्। त्यस्तै हालसम्म ५ लाख ४९ हजार ६ सय ८२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ असार २०७८ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App