४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

चाँगुनारायण अस्पताललाई ५ लाखको स्वास्थ्य सामग्री प्रदान

चानचेन बिल्डिङ इन नेपालले भक्तपुरको चाँगुनारायण अस्पताललाई ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।

जर्मनी सहयोगी संस्था चानचेनले चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेको नगर अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको हो।

सो संस्थाले नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणको कारण बढ्दो जोखिमलाई न्यूनीकरणमा सहयोग पुर्याउन अस्पतालका लागि आवश्यक विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको संस्थाको भक्तपुर शाखाका संयोजक नरेश धौबञ्जारले बताए।  

संस्थाले अस्पतालमा आइसियु सञ्चालन गर्नका लागि आवश्यक पेसेन्ट मोनिटर, स्वास्थ्यकर्मीका लागि पीपीई, पञ्जा सहयोग गरेको जनाएको छ। संस्थाका रामचन्द्र प्रधानाङ्गको सक्रियतामा अस्पताललाई ३ थान पेसेन्ट मोनिटर, २० थान पीपीई, ४ बाकस पञ्जा सहयोग गरेको जनाएको छ।

ती स्वास्थ्य सामग्रीहरु संस्थाका प्रधानाङ्ग र धौबञ्जारले नगरप्रमुख सोमप्रसाद मिश्रलाई हस्तान्तरण गरेका थिए। सामान ग्रहण गर्दै नगरप्रमुख मिश्रले नगरपालिकाले सञ्चालन गरेको सो अस्पतालले सेवालाई विस्तार गर्दै लग्ने योजनालाई सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई धन्यवाद दिँदै महामारी, विपत्तीलगायतका संकटसँग सामाना गर्नका लागि एकता र सहकार्य जरुरी रहेको बताए।

चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाध्यक्ष शिवहरि केसीले संकटको समयमा सबैको साथ सहयोगको आवश्यकता रहेको जनाउँदै सहयोगीहरुलाई धन्यवाद दिए।

यसैगरी बुधबारै भक्तपुर उद्योग वाणिज्य संघले पनि अस्पतालाई २ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ।

अहिले विभिन्न व्यक्ति, संघसंस्थालगायतले अस्पताललाई विभिन्न सहयोग गरिरहेको अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहालले बताए।

प्रकाशित: २६ जेष्ठ २०७८ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App