१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कर्णालीमा थप ६ जना संक्रमितको मृत्यु

कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका कारण पछिल्लो २४ घण्टाभित्र कर्णालीमा ६ जनाको मृत्यु भएको छ । प्रदेश राजधानी सुर्खेतमा चार, रुकुम पश्चिम र हुम्लामा एक/एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो ।

योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमणबाट दुई सय ५७ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य सेवा निर्देशनालयका अनुसार थप दुई सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई सय ९४ जनाको पीसीआर परीक्षण गरिएको मध्येका एक सय ३५ र पाँच सय ८० जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ४५ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश अस्पतालका डाक्टर केएन पौडेलले जानकारी दिए । उनका अनुसार पाँच सय ३० जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् । 

कर्णालीमा कूल २४ हजार दुई सय २४ संक्रमितमध्ये सँगै १७ हजार आठ सय ५२ जना कोरोना मुक्त भएका डाक्टर पौडेलले जनाए । पछिल्लो समय कर्णालीमा मृत्युदर र संक्रमण दर घट्दो क्रममा छ ।

प्रकाशित: २० जेष्ठ २०७८ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App