१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालमा अक्सिजन अभाव हुँंदैन: मेयर श्रेष्ठ

मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा अबका दिनमा अक्सिजन अभाव नहुने बताएका छन्। कोडिभ-१९ र्‍यापिड एक्सन टास्कफोर्स समूहबाट नेपाल राईजिङ्ग अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुठीको सहकार्यमा अस्पतालका लागि १० लि.को ६३ थान हाइपर फमेन्स अक्सिजन कन्सनट्रेटर मेसिन लिंदै मेयर श्रेष्ठले यस्तो जनाएका हुन्।  

अक्सिजन कन्सनट्रेटरको हस्तान्तरण पश्चात मेयर श्रेष्ठले अब नगरपालिकाका विरामी कसैले पनि अक्सिजनको अभावमा उपचार नपाउने चिन्ताको अन्त्य भएको जानकारी दिए। उनले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएसँगै कोभिड १९ का विरामीहरुलाई गुणस्तरीय अक्सिजन सहज भएको जानकारी दिए। उनले भौतिक संरचना पर्याप्त भएता पनि हाल अक्सिजनको अभावमा अस्पतालले दिनुपर्ने सेवा सुविधा दिन नसकिरहेको अवस्थालाई चिर्दै अव अक्सिजन कन्सनट्रेटर मेसिन प्रयोग गरी अस्पतालमा ६५ बेड तुरुन्तै संचालनमा ल्याउने कुरा राखे।

गुठी नामक गैर सरकारी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सबै जनालाई यस्तो मुस्किल समयमा आफ्नो घरभित्रै सुरक्षित बस्न र आफ्नोतर्फबाट सकिने सहयोग देश जनता र आफ्नो समाजका लागि गर्नुहुन अनुरोध गरे। उनले विदेशमा रहेका नेपालीहरुले कोष स्थापना गरी संकलित रकम नेपालमा रहेका कोभिड संक्रमितहरुका लागि अक्सिजन कन्सनट्रेटर मेसिन वितरण गर्न सहयोग गरेकोबारे जानकारी दिए।  

इनगेज नेपालका प्रतिनिधि डा. दिवेश कर्माचार्यले मध्यपुर थिमि नगरपालिकाले नमुना अस्पताल संचालन गरेर महामारीको समयमा विरामीहरुलाई पुर्‍याएको सेवा अतुलनिय रहेको प्रशंसा गरे। नगरपालिकालाई आगामी दिनमा अस्पतालको प्रयोगशाला विस्तार गर्न, संक्रमित फोहोर बैज्ञानिक प्रविधिबाट व्यवस्थापन गर्न र आधुनिक सार्वजनिक शौचालय निर्माण गरि सेवा विस्तार गर्न थप सहयोग गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे। नेपालमा कोभिड १९ संक्रमितको संख्या करिव पाँंच लाख २८ हजार आठ सय ४८ को संख्यामा रहेका छ भने मृत्यु हुनेहरुको संख्या ६ हजार सात सय पुगेको छ। 

प्रकाशित: १९ जेष्ठ २०७८ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App