१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

झापा र इटहरीका संक्रमितको विराटनगरमा मृत्यु

उपचारका क्रममा झापा र इटहरीका दुई जना कोरोना भाइरस संक्रमितको विराटनगर र बुढीगंगाका छुट्टाछुट्टै अस्पतालमा मृत्यु भएको छ। बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा सुनसरी इटहरी–४ की ६२ वर्षीया महिलाको उपचारका क्रममा बुधबार राति १० बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। विराट कोभिड १९ अस्पतालका इञ्चार्ज सुनिल देवका अनुसार वृद्धालाई अस्पताल उपचार गर्न ल्याइएको केही समयमै मृत्यु भएको हो।  

‘केही दिनअघि वृद्धा महिलालाई श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि अस्पतालको आइसियूमा भर्ना गरेका थियौं,’ देवले भने, ‘बुधबार दिउँसो पिसिआरको रिपोर्ट पोजेटिभ आएपछि घरपरिवारले कोसी कोभिड अस्पताल लगे।’ वृद्धा महिलालाई कोसी अस्पताल लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि पुनः विराटमै ल्याइएको र केही समयमै मृत्यु भएको देवले जानकारी  दिए।  

त्यस्तै झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ६ बजे मृत्यु भएको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रले जनाएको छ । कोरोना भाइरस पुष्टि भएपछि वैशाख ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।  

मृतकमा श्वासप्रश्वास र ज्वरोको समस्या भएपछि अस्पताल भर्ना गर्दा आइसियू कक्षमै राखि उपचार थालेको बताएका अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले भने, बुधबार साँझबाट संक्रमित पुरुषको अवस्था थप गम्भीर बन्दै गएपछि थप उपचार भेन्टिलेटरमा राखे गरे पनि बिहान मृत्यु भयो। प्रदेश १ मा हालसम्म १ सय ४५ महिला र ३ सय ४१ पुरुष गरी ४ सय ८६ जनाको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: १६ वैशाख २०७८ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App