४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण

कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकलले अबदेखि काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने निर्णय गरेको छ। आइतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो।  

बैठकले अबदेखि काठमाडौं प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउनु पर्ने निर्णय गरेको छ। यस क्रममा एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएमा त्यस्ता व्यक्तिको पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ।

यस्तै समितिले सबै नगरपालिकाहरुमा सञ्चालित आइसोलेसन केन्द्र र क्वारेन्टिन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ–आफ्नो नगरपालिका भित्र एक–एक वटा आइसोलेसन/क्वारेन्टिनको व्यवस्थापन गर्न अनुरोध गरिएको छ। समितीले सार्वजनिक स्थानमा गरिने कार्यक्रमहरु स्थगित गर्न र गर्नैपरे नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पूर्ण पालनागरी सञ्चालन गर्न आग्रह समितिले गरेको छ। साथै कोभिड-१९ सम्बन्धी  जनचेतना प्रवाह गर्न नगरमा कार्यरत शिक्षक/शिक्षिका, स्वास्थ्यकर्मीलगायतलाई परिचालन गर्न आग्रह गरिएको छ।

प्रकाशित: २३ चैत्र २०७७ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App