१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भारतले तयार पार्‍याे ४ करोड कोरोना खोप, लगाउन १६ सय जनाले गराए नाम दर्ता

भारतमा कोरोना संक्रमण बढिरहेका बेला खुसीको खबर सार्वजनिक भएको छ।  

त्यहाँको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) ले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनी मिलेर विकास गरेको कोरोनाविरुद्ध खोपको ४ करोड डोज तयार पारिएको बिहीबार जानकारी दिएको हो।  

साथै यसको तेस्रो अर्थात् अन्तिम चरणको परीक्षण (ट्रायल) का लागि १ हजार ६ सय जनाको नामसमेत दर्ता भइसकेको कम्पनीले जनाएको छ।  

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को निगरानीमा भारतमा बेलायती कम्पनी (एस्ट्राजेनेका)) ले विकास गरेको ‘कोभिसिल्ड’ खोपको परीक्षण भइरहेको हो।

भारतीय कम्पनी एसआइआईले कोभाभ्याक्स खोप उत्पादनका  लागि पनि अमेरिकी कम्पनी नोभाभ्याक्ससँग सम्झौता गरिसकेको छ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार नोभाभ्याक्स कम्पनीले एसआइआईसँग मिलेर सन् २०२१ मा सय करोड डोज खोप आपूर्ति गर्ने सम्झौता भएको हो।  

प्रकाशित: २७ कार्तिक २०७७ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App