१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोरोना भाइरसको गम्भीर लक्षण भएका बिरामीमध्ये काठमाडौं उपत्यकामा २५ प्रतिशत

कोरोना भाइरसका सक्रिय सङ्क्रमितमध्ये काठमाडौं उत्यकामा २५ प्रतिशत र अन्य क्षेत्रमा एक प्रतिशत लक्षणसहितका सङ्क्रमित देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले काठमाडौं उपत्यकाका तीन जिल्लामा सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको देखाउँछ।

आइसोलेसनमा भएका सङ्क्रमितमध्ये गम्भीर लक्षण भएका बिरामीलाई अस्पतालमा भर्ना गरिएको र जटिलता भएका बिरामीलाई सघन उपचार उपलब्ध उपचार गराउनुपरेको अधिकारीहरू बताउँछन्।

दुई महिनाअघिसम्म लक्षणयुक्त सङ्क्रमितको सङ्ख्या देशभरि १ प्रतिशत पनि थिएन। तर त्यसपछि क्रमशः त्यो सङ्ख्या बढिरहेको र विशेष उपचार आवश्यक बिरामीको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको बताइन्छ।

पहिला सङ्क्रमण पुष्टि भए पनि गम्भीर लक्षण नदेखिँदा मानिसहरूले कोरोना भाइरसलाई हलुका रूपमा लिएको र लक्षणरहित व्यक्तिले प्रायः परीक्षण नगराउने भएकाले उनीहरूबाट सङ्क्रमण अझ फैलिन पुगेको विज्ञहरूको आशङ्का छ।बीबीसी

प्रकाशित: ३० भाद्र २०७७ ०७:५२ मंगलबार