४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

संक्रमणबाट ज्यान गुमाउने ८३ पुगे

उपत्यकामा एकैदिन १३२ जना नयाँ संक्रमित

लकडाउन खुकुलो पारेको तीन सातापछि नेपालमा कोरोना संक्रमण बृद्विदर तीन गुणाले बृद्धि भएको छ। साउनको पहिलो साता अर्थात्  ७ गते यो संख्या २.६ प्रतिशत रहेकोमा ठ्याक्कै तीन सातापछि आइपुग्दा ६.० प्रतिशत पुगेको छ। गत चौविस घण्टामा १० हजार ४ सय ६२ वटा पिसिआर नमूना परिक्षण भएको थियो।  

साउन ७ गते लकडाउन खुल्नुको पहिलो दिन नेपालमा १ सय जना मात्रा संक्रमित थिए भने साउन २७ आईपुग्दा ६ सय ३८ जना पुगेका हुन्। नयाँ संक्रमित सहित नेपालमा कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ पुगेको छ। ती मध्येमा ०.३४ प्रतिशत पुगेको छ। लकडाउन खुकुलो हुनु अघि यो संख्या ०.२१ प्रतिशत थियो।

संक्रमितदरमा बृद्धि भएसंगै मृत्युसंख्या पनि बृद्वि भएको छ।गत चौविस घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ। मृत्युहुनेहरुमा धनुषाका विदेश नगरपालिकाका ६० वर्षीय पुरुष, धनुषा मिथिला विहारी नगरपालिकाका ५० वर्षीय पुरुष, सिन्धुपाल्चोक बाह«बिशेका ८४ वर्षीया पुरुष र काभ्रे पााँचखालकी ५० वर्षीय महिला छन्। नयाँ मृतक सहित नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८३ पुगेको छ।  

कुल संक्रमित मध्येमा निको हुनेको संख्या १६ हजार ६ सय ६४ रहेको छ। ती मध्येमा गत चौविस घण्टामा १ सय ७१ जना निको भई डिस्चार्ज भएका हुन्। हाल देशभरिमा ११ हजार ५८ जना क्वारेनटिनमा छन् भने ७२ सय १ जना सकृय संक्रमित छन्।  

लकडाउन हुनु अघि तराइको दुई नम्वर  र सुदुरपश्चिममा उल्लेखनीय संख्यामा देखिएको संक्रमण साउनको तेस्रो सातामा आईपुग्दा सम्म प्रदेश दुई सहित काठमाडौ उपत्यका, प्रदेश एकका जिल्लाहरु र प्रदेश पाँचमा समेत वृद्वि भइसकेको छ।  

मंगलवार  काठमाडौं उपत्यकामा एकैदिन १ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ। यो सवै भन्दा बढी संख्या हो। यस अघि घट्दै गएका जिल्लाहरुमा पनि उल्लेखनीय संख्यामा बृद्वि भएको छ। बढी संक्रमित पुष्टि भएका जिल्लाहरुमा मोरङ्गमा ८० जना,पर्सामा ६६, सर्लाहीमा ३४, सुनसरीमा ३२, बाँकेमा २७  धनुषामा २३ जना छन्।  

काठमाडौ उपत्यकाको हकमा यस अघि विदेश तथा भारतबाट आएकाहरुमा सीमित संक्रमण यतिखेर बैंक,प्रहरी, भारत तथा प्रदेश दुईबाट आएका,तिनका परिवार र अन्य परिवार हुँदै सम्पर्क तथा घुमफिर हिस्ट्री नभएकाहरुमा समेत फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय इपिमिडोमोलोजी तथा रोग नियन्यण महाशाखाले जनाएको छ। ‘परिवारका परिवारमा सीमित यतिखेर परिवार हुँदै अन्य परिवारहरुमा फैलिएको देखिन्छ’ महाशाखाका प्रमुख डा. बासुदेव पाण्डले भने।  

ंमंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तेब्बर संक्रमणदर बृद्धि भएको विषयमा चिन्ता व्यक्त गर्दै गरे। ‘ दुई प्रतिशतको संक्रमणदर तीन सातामै तेब्बर पुग्यो’। मन्त्रालयले चार सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेपनि जनताले अटेरी गरेको आरोप लगाए। ‘कोरोना रोगको औषधी र खोप नबनिसकेको अवस्थामा सुरक्षित बस्नु बाहेक उपाय छैन’ ‘ नियम पालना गर्ने बच्छन् ,नगर्ने संक्रमणको शिकार हुन्छन्’ हामीले  माक्स लगाऊ, दुूरी कायम गर, हात धोऊ,सेनिटाइजर लगाऊ  र भीडमा नजाऊ भनेका भन्यै छौं’उनले भने। एक्कासी संक्रण बढेपछि अवका दिनमा संचारको नयाँ रणनीति अपनाउने तयारी भइरहेको समेत बताए।  

नेपालमा कोभिड १९ उपचारको लागि देशभरिमा ५ सय ७६ वटा भेन्टिलेटर, ११ सय ३४ वटा आईसियु वेड रहेको जनाएको छ। ती मध्येमा २ सय २४ जना होम आइशोलेशनमा, ८५ जना आईसियुमा, ३ जना कोभिड संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २८ श्रावण २०७७ ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App