१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट मृत्यु हुने ४५ पुगे, कुल संक्रमित संख्या १८ हजार ४८३

शुक्रबार बारा परवानीपुरकी १७ वर्षीय युवतीको कोरोना संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपचारको क्रममा उनको स्थानीय गण्डक कोभिड अस्पतालमा मृत्यु भएको हो । गत बुधबार वीरगंज हेल्थकेयर अस्पतालमा लगिएकोमा आरडिटी परीक्षण गर्दा पोजिटिभ आएपछि बिहीबार अस्थायी कोभिड अस्पताल रेफर गरिएको थियो । साउन ९ गते कोरोना पुष्टि भएको थियो । उनमा जीउ काम्ने र पखाला लाग्ने र श्वास–प्रश्वासमा समस्या देखिएको थियो ।

उनीसंगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । गत चौविस घण्टामा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि संख्यासंगै नेपालमा कुल १८ हजार ४ सय ८३ जना संक्रमित संख्या पुगेको छ । शनिबार थप १ सय ६ जना निको भई डिस्चार्ज भएपछि नेपालमा कुल निको हुनेको संख्या १३ हजार ५३ अर्थात् ७०.६२ प्रतिशत छ ।

गत चौविस घण्टामा परीक्षण भएका कुल ४ हजार ७५ नमुनामध्येमा १ सय ९ जनामा पुष्टि भएको हो । यो संक्रमण दर भनेको २.६७ प्रतिशत हो । सवै भन्दा बढी संक्रमित हुने जिल्लाहरुमा सप्तरीमा ११ जना, डोटीम १३, सुर्खेतमा ११ जना छन् । त्यसैगरी हाल देशभरिमा १८ हजार १ सय ८३ जना क्वारेन्टिनमा छन् भने सकृय संक्रमितहरु ५३ सय ८५ जना छन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन खुलेपनि कोरोना संक्रमणको उच्च जोखिम रहेको जनाउँदै लापरवाही नगर्न सवै जनतालाई आग्रह गरेको छ । दैनिक जीवनमा कोरोनाबाट सुरक्षित हुने उपाय अपनाएर मात्र काममा जानको लागि अनुरोध गरेको छ ।

प्रकाशित: १० श्रावण २०७७ १३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App