१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरका वडासचिवको पीसीआर रिपोर्ट नेगेटिभ

द्रूत विधिको परीक्षण (आरडिटी) मा कोरोना भाइरसको संक्रमण पोजिटिभ आएका भक्तपुर नगरपालिकाका एक वडा सचिवको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य कार्यालयले गरेको परीक्षणमा पोजेटिभ आएका भक्तपुर नगरपालिका वडा नं ९ का वडा सचिवको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।  

उक्त वडाका वडाअध्यक्ष रविन्द्र ज्याख्वले अर्को एक सफाइ मजदुरको आरडडिटी परीक्षण पोजिटिभ आएकोमा उनको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको जनाए । यसअघि आरडिटी पोजिटिभ देखिएपछि भक्तपुर नपा ९ निवासी वडा सचिव र सफाइ मजदुरको घर तथा बस्ती सिल गरिएको थियो ।  

त्यस्तै उनीहरुको घरपरिवार र सम्पर्कमा आएका व्यक्तिहरुलाई सचेत गराइएको थियो । उनीहरुको पीसीआर परीक्षण टेकु पठाएइको थियो । टेकुमा आइसोलेसनमा राखिएका उनीहरुलाई दुवैलाई नगरपालिकाले लिएर आई घर पुर्‍याएको वडा अध्यक्ष ज्याख्वले बताए ।

प्रकाशित: ७ जेष्ठ २०७७ १२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App