२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

व्यक्तिगत खर्चमा जाजरकोटका स्थानीय अस्पतालमा सर्जिकल वेड सहयोग

जाजरकोट – नेपाली कांग्रेसका नेता राजीव विक्रम शाहले जाजरकोटका स्थानीय तहलाई विरामी राख्ने ३५ वटा आधुनिक बेड सहयोग गरेका छन्। आफ्नो निजि खर्चमा उनले   जिल्लाका सातै स्थानीयमा ५ वटाका दरले वेड सहयोग गरेका हुन्। प्रति वेड २५ हजारका दरले  कुल  ८ लाख ७५ हजार खर्च गरेर नेता शाहले ती वेडहरु कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेत मार्फत जिल्लामा लगिएको हो।   

काठमाडौंमा निर्माण भएका उक्त वेडहरुलाई  कुशेगाउँपालिकाको  एक लाख ढुवानी खर्च गरि जिल्ला सदरमुकाम  र अन्य स्थानीय तहका केन्द्रहरुमा  लगिएको हो। जिल्लाका स्थानीय तहहरुमा क्वोरन्टाइन तथा विरामीहरुको उपचारका लागि आइसोलेसन वेडहरुको अभाव भइरहेका वेला नेता शाहले यी वेडहरु  सहयोग गरेका हुन्।

२०६६ सालमा  जाजरकोटमा  तीन सय वढी सर्वसाधारणको ज्यान जानेगरि फैलिएको  झाडापखालाको महामारीका वेला  पनि  कांग्रेस नेता शाहले निजी खर्चमा हेलिकोप्टर मार्फत विरामी जनताको लागि औषधि लगाएतको  सहयोग लिएर गाउँगाउँ पुगेका थिए। झाडापखालाका वेला गरेको सहयोगका कारण राजीवलाई जिल्लाका गाउँ वस्ती सवै ठाउँका वालवालिका, युवा र जेष्ठ नागरिकहरु सबैले जनताको सहयोगीको रुपमा सम्झने गरेका छन्। 

नेता शाहले जिल्लाको कम्जोर स्वास्थ्य अवस्था सुधारमा सहयोग पुरयाउने उद्देश्यले आफूले यी वेडहरु सहयोग गरेको बताए। आफूलाई दलको नेतासंगै समाजसेवी वन्न मन लाग्ने गरेको वताउने शाहले जाजरकोटी जनताले चुनाव जिताए वा  नजिताए पनि जाजरकोटी माटो र यहाँका जनताको लागि आफू संधै तत्पर रहेको बताए। ‘मैले कति सहयोग गरे कति गर्नेछु भन्ने भन्दा पनि जाजरकोट र  जाजरकोटी जनताको लागि  सधैं साथमै रहने छु’, उनले भने । 

कांग्रेस नेता शाहको सहयोगलाई  आफूले गाउँपालिकाको  तर्फवाट ढुवानी खर्च जुटाएर सात स्थानीय तहमा वितरण गर्ने  काम गरेको कुशेगाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले बताए।
 
 

प्रकाशित: २३ चैत्र २०७६ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App