१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

संक्रमण रोकथामका लागि उपकरण

पीपीई हस्तान्तरण कार्यक्रम । तस्बिर: दिनेश/नागरिक

रोल्पा- कोरोना संक्रमणले जनजीवन अस्तब्यस्त भईरहेको समयमा स्वास्थ्य उपकरणहरु प्रयाप्त गराउन भन्दै उर्जा मन्त्री बर्षमान पुनको पहलमा उनको गृह जील्ला रोल्पामा केहि स्वास्थ्य सामग्री आएको छ। स्वास्थ्यकर्मीका लागि ४० थान पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट), १० थान गन थर्मामिटर र ४ हजार पीस मास्क रोल्पा आएको हो।

शुक्रबार जील्ला प्रशासन कार्यालय रोल्पामा मन्त्री पुनका स्वकीय सचिव सन्तोष पुनले उक्त सामग्री प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई हस्तान्तरण गरेका छन्। मन्त्री पुनको पहलमा रोल्पा आएका उक्त सामग्रीहरु जिल्लाका बिभिन्न १० स्थानीय तहहरुलाई आवश्यकताको आधारमा वितरण गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए। उनले भने ‘यो सबै सामग्री छिटै सम्बन्धीत ठाउँमा पुग्ने छन्।’

यसैबीच रोल्पा नगरपालीकाले आफ्नो मातहतका सबै १८ स्वास्थ्य संस्थामा एक एक थान पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) उपलब्ध गराएको जनाएको छ। यसअघि पनि नगरपालिकाले रोल्पा अस्पताललाई ९ थान र एम्बुलेन्स चालकलाई ४ थान पीपीई उपलब्ध गराएको नगर प्रमुख पुर्ण केसिले बताए। त्यसैगरि रोल्पा अस्पतालले स्थानीय स्तरमा पनि पीपीई बनाउदै छ।

प्रदेशले पीपीई भनेर गाउन पठायो
केहि दिनअगाडी ५ न. प्रदेश सरकारले पीपीई भनेर पठाएको १० थान सामग्री पीपीई नभई सर्जिकल गाउन रहेको स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ। ‘प्रदेश सरकारले पीपीई १० थान र ५ सय पीस मास्क जिल्ला प्रशासन कार्यालय मार्फत पठाएको थियो तर पीपीई नभएर सर्जिकल गाउन पो पठाएको छ।’ स्वास्थ्य कार्यालयका एक अधिकारीले भने ‘अहिलेको अवस्थामा उक्त गाउनको खासै काम छैन।’
 

 

प्रकाशित: २१ चैत्र २०७६ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App