१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

लकडाउन थप्न सिफारिस

काठमाडौं- कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लक डाउनको समय बढाउन सरकारलाई सिफारिस गरेको छ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आईतबार बसेको बैठकले तत्कालका लागि लकडाउनको समय बढाउनुपर्ने देखिएको भन्दै यस्तो सिफारिस गरेको हो। कति थप गर्ने भन्ने सम्बन्धमा भने केही खुलाईएको छैन। कोरोना भाइरस संक्रमणको नियन्त्रण लकडाउनबाटमात्रै सहज र संभव भएको र छिमेकी मुलुक भारतले पनि लकडाउनको समय बढाएकाले नेपालले पनि बढाउनुपर्ने निष्कर्षमा समिति पुगेको हो।

लकडाउनको समय कति थप गर्ने भन्ने सम्बन्धमा अहिले केही बेरमा बस्ने मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए। यस अघि सरकारले चैत्र ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो।

 

 

प्रकाशित: १६ चैत्र २०७६ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App