१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बुटवलको कोरोना विशेष अस्पतालमा एकको मृत्यु

भैरहवा- बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपाचाररत युवकको मृत्यु भएको छ। दुबईबाट नेपाल आएका सैनामैना नगरपालिका-४ का ३४ वर्षिय बाबुराम थापाको आइसोलेसन कक्षमै मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए जानकारी दिए।

लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवल धागो कारखानास्थित विशेष अस्पतालमा उपचारकै क्रममा मृत्यु भए पनि कोरोनाको कारणले नै मृत्यु भएको भन्ने प्रामाणित नभएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए।

दुबईबाट आएका उनीमा ज्वरो र खोकीका लक्षणहरु देखा परेर १३ गतेबाट आइसोलेसन कक्षमा राखी उपचार भइरहेको थियो। थापामा कोरोना भाइरस कोभिड–१९ भाइरसको परीक्षणका लागि आज मात्रै स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ।

पाल्पा जिल्लाको रिद्दीकोट गाउँपालिका कुश्मखोलाका स्थायी बासिन्दा थापा सैनामैना नगरपालिकामा डेरा लिएर श्रीमती र दुई छोरासहित बस्दै आएका थिए।

प्रकाशित: १६ चैत्र २०७६ ०९:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App