१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

आइसोलेसनमा उपचाररत तीन जनाको स्वाब संकलन

सिन्धुपाल्चोक- कोरोना भाइरस (कोभिड–१९) को लक्षणसँग मिल्ने सुख्खा रुघा, खोकी र ज्वरो देखिएपछि आइसोलेसनमा उपचाररत तीन जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको छ।

बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डमा उपचाररत उनीहरुको शनिबार स्वाबको नमूना संकलन गरी परीक्षणका लागि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको हो। भोटेकोसी गाउँपालिकाका–४ का ३४ वर्षीया निमास्याङवो शेर्पा, उनकी १७ वर्षीया छोरी याङी शेर्पा र ८० वर्षीय छिरिङदोर्जे लामा बिहीबारदेखि केन्द्रको आइसोलेसनमा उपचाररत छन्।

प्रयोगशालामा ९६ नमूना संकलन भएपछि मात्र परीक्षण हुने जानकारी पाएको बताउँदै केन्द्रका डा.रोशन सुब्बाले नमूनाको रिपोर्ट आउन केही दिन लाग्न सक्ने बताए। केन्द्रमा युटिएम टेस्ट किट नभएकाले उनीहरुको नमुना संकलन समयमै हुन सकेन। शुक्रबार राति टेकुबाट किट आइपुगेपछि शनिबार मात्र उनीहरुको स्वाब संकलन हुन सकेको हो।

बिरामी निमास्याङ्वो बिदेशबाट फर्किएकी हुन्। वैदेशिक रोजगारीको सिलसिलामा इराक रहेकी उनी माघ २७ गते नेपाल फर्किएकी थिइन्। ज्वरो, रुघा र खोकीको समस्या रहेको उनको स्वास्थ्य स्थीर रहेको उपचारमा संलग्न डा. सु्ब्बाले बताए। ‘औषधि चलाइराखेकाले अरु दुईको स्वास्थ्यमा भने सुधार आएको छ। ज्वरो हराएको छ। रुघा र खोकी मात्र बाँकी छ,’ डा. सुब्बाले भने।
    

 

प्रकाशित: १५ चैत्र २०७६ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App