१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मनास्लु घुम्न गएका ३२ जना पर्यटकको उद्वार

गोरखा- पदमार्गमा यात्राका क्रममा ‘लकडाउन’ का कारण अलपत्र परेका पर्यटकको उद्वार गरिएको छ। उत्तरी गोरखाको मनास्लु क्षेत्र पुगेका ३२ जना पर्यटकको उद्वार गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशाकीय अधिकृत हर्क रोकाले बताए।

शनिबार दुई जना अमेरिकी नागरिकको धार्चे गाउँपालिका स्थित माछाखोलाबाट गाडीमा उद्वार गरी काठमाडौं लगिएको हो। शुक्रवार एक जना अष्ट्रेलियन नागरिकको हेलिकप्टरबाट र बेलायत, बेल्जियम र ईजरायलका दुई/दुई जना नागरिकलाई गाडीबाट उद्वार गरी काठमाडौं पठाइएको प्रशासकीय अधिकृत हर्क रोकाले बताए। ‘बुधवारदेखि शनिबारसम्म तीन दिनको अवधीमा ३२जना पर्यटकको मनास्लु क्षेत्रबाट उद्वार गरेका छौँ’ प्रशासकीय अधिकृत रोकाले भने ‘मनास्लु गएका पर्यटक रोकिएपछि उद्वार गरिएको हो।’ अहिले सम्म सम्पर्कमा आएका सबैको उद्वार भईसकेको प्रशासनले जनाएको छ।

यस अघि अर्जेन्टीना, अष्ट्रेलिया, डेनमार्क, फ्रान्स,कोरिया लगायत देशका पर्यटकको उद्वार गरिएको थियो। उनीहरु विभिन्न समयमा मनास्लु क्षेत्रको पदयात्रा गर्न निस्किएका थिए। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार मार्च ८ देखि १५ सम्म ६८ पर्यटक मनास्लु क्षेत्र गएका छन्। एमक्याप प्रमुख नरेन्द्र लामाले ती मध्ये कति फर्किए भन्ने यकिन नभएको बताउँदै समस्यामा परेकाहरुको खोजी गरी प्रशासनको सहयोगमा उद्वारको काम भईरहेको बताए। कारोना त्रासका कारण पदमार्गका होटलहरु बन्द, गाउँमा आउजाउ ठप्प भएपछि पर्यटक बिचल्लिमा परेका थिए।

उद्वार गरिएका मध्ये दुई जनालाई हेलिकप्टर र अन्य सबैलाई धार्चेको माछाखोलाबाट गाडीमा काठमाडौं लगिएको हो। हेलिकप्टरबाट जान चाहनेलाई हेलिकप्टर र गाडीबाट जान चाहनेलाई गाडीबाट उद्वार गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। पदमार्गमा गएका बेला लकडाउनमा परेपछि पर्यटककले खाना र आवास समेत नपाएको गुनासो गरेका छन्।

 

प्रकाशित: १५ चैत्र २०७६ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App