काठमाडौं- जब आफ्ना प्रियजनको मृत्यु हुन्छ, उनलाई सम्मानपूर्वक अन्त्येष्टि र अन्तिम पटक हेर्ने सबैको इच्छा हुन्छ। तर कोरोना भाइरसको महामारीले आफ्ना प्रियजनलाई अन्तिम पटक हेर्ने र अन्त्येष्टि गर्ने मौका समेत इटलीका नागरिकलाई दिएन। यो अवस्थाले त्यहाँ अझ दु: ख बढाएको छ।
मिलानमा काम गर्ने एन्ड्रिया सेराटो भन्छन्, 'महामारीले हामीलाई एक पटक होइन दुई पटक मारेको छ।'
इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुने केही मानिसको अन्तिम समयमा परिवारका कोइ सदस्य र साथीहरु थिएनन्। उनीहरुबाट अरुलाई भाइरस नसरोस् भनेर अस्पतालमा भेट्न जान दिइएको छैन।
स्वास्थ्य अधिकारीका अनुसार शवमा भाइरसको संक्रमण हुँदैन। तर यो भाइरस मानिसले लगाएको कपडामा भने केही घण्टा जीवित रहन्छ।
इटलीमा शवलाई अन्तिम संस्कारको लागि काम गर्ने एक व्यक्ति भन्छन्, 'केही परिवारले हामीसँग भन्छन्, एक पटक देखाइदिनुस्। तर त्यो अनुमति हामीलाई छैन।'
अक्सर परिवारले अन्तिम घडीमा शवमा उसको मनपर्ने कपडा लगाइदिने गर्छन्। र शवलाई सजाउने गर्छन्। अनी अन्तिम संस्कार गरिने गर्छ।
तर अहिले इटलीमा कोरोनाका कारण मृत्यु हुनेहरुलाई उसको मनपर्ने कपडा लगाइदिएर अन्तिम संस्कार गर्न सम्भव छैन। अस्पतालकै गाउनमा शवको अन्त्येष्टि गर्नु पर्ने अवस्था छ।
मनकेस्ट्रोपा जो अस्पतालमा काम गर्छन्, उनी भन्छन्, 'परिवारले दिएको कपडा शवको माथी राखिदिन्छौ। ताकी मृत्यु हुनेले त्यो कपडा गाएको जस्तो होस्।'
इटलीमा महामारी सुरु भएपछि अन्डरटेकर एक नयाँ भूमिकामा रहेका छन्। उनले मृतकको परिवार र साथीको भूमिका जसरी काम गरिरहेका छन्। उनले एक पादरी जसरी प्रार्थना गरिरहेका हुन्छन्। किन भने कोरोनाबाट मृत्यु हुनेका अधिकांश परिवार क्वारेन्टाइनमा हुन्छन्।
एंड्रीया सेराटो भन्छन्, 'मृतकको परिवारको जिम्मेवारी यो कठिन घडीमा हामीले निभाइरहेका छै।'
सेराटो भन्छन्, 'परिवारलाई मृतकको एक तस्बिर पठाउँछौं र अस्पतालबाट शव लगेर अन्तेष्टि गर्छौ। परिवारसँग हामीलाई विश्वास गर्नेको दोस्रो विकल्प छैन।'
परिवारका सदस्यको पीडा कम गर्न हामीले केही गर्न नसकेकोमा दु:ख लागेको बताउँछन् उनी। 'न हामी शवलाई सजाउन सक्छौं। न काँधमा राख्न सक्छौ। न त कपडा लगाइदिन नै,' सेरोटा भन्छन्।
सेरोटाले विगत ३० वर्षदेखि यस्तो काम गर्दै आइरहेका छन्। यस अघि उनका पीता पनि यही काम गर्थे।
परिवारका लागि अन्तिम पटक मृतक आफन्तको गाला सुमसुमाउन, हात समात्न र सुन्दर बनाएर अन्तेष्टि गर्दा दु:ख कम हुन्छ तर इटालीमा अहिले त्यो अवस्था छैन। अन्तेष्टि गर्नु नै ठूलो कुरा भएको छ।
मृतकका परिवारले मृतकले लेखेको नोट, परिवारको निसानी, चित्र, कविता शवसँग राखिदिन प्रयास गरे पनि इटालीमा यो अहिले सम्भव छैन।
यदी घरमा कसैको मृत्यु भयो भने उनीहरु घरमै पुगेर शव ल्याउने गर्छन्। तर सुरक्षाका सामाग्रीको अपुग भएको उनीहरुको गुनासो छ। एक हप्ताको लागि मात्र आफुहरुसँग सेफ्टी गियर भएको सेरोटाले बताए। 'यो सकिएपछि हामी कसरी काम गर्ने', उनी भन्छन्, 'त्यस पछिको अवस्थाको कल्पना पनि गर्न सक्दिन।'
मनकेस्ट्रोपा भन्छन्, 'शव कारमा लिएर चर्च पुग्छु। पछाडिको ढोका खोलेर पादरीलाई त्यहीँ प्रार्थना गर्न लाएर फर्किन्छ।' रोमन क्याथोलिक आस्थाको लागि यो कठिन हो। तर भाइरसका कारण यो गर्नै पर्ने अवस्था छ। एउटा शवको अन्तेष्टि गरेर मात्र फुर्सद पाउने उनीहरुको अवस्था छैन। एक पछि अर्को शव लिन दौडिन पर्ने अवस्था अहिले इटालीमा छ। मुर्दा घर शवले भरिएका छन् र मृतकको संख्या बढिरहेको छ। अस्पताल वरपरका चर्च कुनै गोदाम जस्तै देखिएका छन्।
इटलीमा अहिले स्वास्थ्यकर्मीलाई एक हिरोको रुपमा आम नागरिकले हेरिरहेका छन्। शवको अन्त्येष्टि गर्नेहरुलाई पनि। शव लैजानेहरुलाई अहिले इटलीमा चेराचको रुपमा हेरिएको छ। युनानी मिथमा चेराच एक यस्ता नावी हुन् जसले मृतकलाई पार गराउँछन्। वा स्वर्गको बाटो देखाउँछन्।
प्रकाशित: १४ चैत्र २०७६ ०६:१६ शुक्रबार