१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

सफाइले औषधिको खर्च बच्छ

ब्रिटिस रोयल सोसाइटी फर पब्लिक हेल्थ (आरएसपीएच) को एक प्रतिवेदनअनुसार घरमा फोहोर देख्नासाथ सफा गर्नैपर्छ । फोहोर ठाउँबाट घरमा हानिकारक कीटाणु  फैलिन सक्छन् तसर्थ यसलाई रोक्न अत्यन्त ध्यान दिन आवश्यक छ । प्रतिवेदनअनुसार हात, कपडा तथा भुइँ सफा गर्नाले धेरै रोगबाट बच्न सकिन्छ । तर यो कुरालाई चारजनामध्ये एक जनाले महŒपूर्ण मान्दैनन् ।

सो प्रतिवेदनअनुसार वातावरणमा फोहोर कीटाणु तथा सफाइबारे धेरै भ्रम रहेका छन् । संस्थाले दुई सय जनामा सर्वेक्षण गर्दा २३ प्रतिशत मानिस तथा बच्चाले फोहोर तथा तथा कीटाणुको सामना गर्नुपर्ने बताएको छ । ताकि जसकारण उनीहरूमा प्रतिरोधक क्षमता विकास हुन सकोस् भन्ने धारणा राखेको थियो ।
तर यो रिपोर्ट तयार गर्ने विशेषज्ञले यो खतरनाक सोच रहेको बताएका छन् । किनकि यसले कुनै हानिकारक कीटाणु संक्रमणको सिकार हुने खतरा पनि हुन सक्छ । यसकारण उनी बताउँछन् कि घरमा कुनै निश्चित समयमा कुनै निश्चित ठाउँको सफाइमा ध्यान दिनुपर्छ । यद्यपि यो सफा देखिन्छ । सफा देखिने ठाउँमा समेत कीटाणु फैलिन सक्छ ।

कहाँ र कसरी सफाइमा ध्यान दिनु आवश्यक छ ?
खाना बनाउने तथा तयार गर्ने बेलामा
हातले खाना खाने समयमा
शौचालय सफा गरेपछि
खोकी या रुघा लागेर नाक छोएपछि
घरको फोहोर कपडा छुँदा र ती कपडा धोएपछि
घरपालुवा जनावरको हेरचाह गर्ने समयमा
घरबाट फोहोर बाहिर लाने समयमा
संक्रमित बिरामी या जनावरको हेरचाह गरेपछि

प्रतिवेदनमा यो कुरा उल्लेख छ कि यी अवस्थामा हात धुनु महŒपूर्ण मानिन्छ । साथै भान्साकोठाको भुइँ, चुलो या चपिङ बोर्डमा मासु, तरकारी आदि काटेपछि, खाना पकाएपछि राम्रोसित हात धुन अति आवश्यक छ । त्यस्तै प्रदूषित ठाउँ सफा गरेपछि, सफा गर्ने ब्रस तथा भाँडा पुछेपछि कपडाको नियमित रूपमा सफा गर्नुपर्छ ।

घरको भुइँ तथा फर्निचर फोहोर भए यी ठाउँमा हानिकारक कीटाणु हुन्छन् । ती कीटाणु मार्न कसरी सफा गर्ने ?
तातोपानी र साबुनले भाँडा तथा भाँडा धुने ठाउँ सफा गरेमा कीटाणु र्मछन् । खाना मापन एजेन्सीका अनुसार कीटाणु मार्न चिसो जस्तै केही समयसम्म केही डिग्री सेल्सियस पानी तातो हुन आवश्यक पर्छ ।

कुन उत्पादन प्रयोग गर्ने ?
मुख्य रूपमा तीन प्रकारका उत्पादन हुन्छन् । तर यी सबैको भिन्नभिन्नै काम हुन्छ ।
डिटर्जेन्ट : यसले भुइँ सफा गर्छ तर कीटाणु मार्दैन ।
डिसइन्फेक्टेड : यो झोल पदार्थले कीटाणु मार्छ तर भुइँ सफा गर्दैन ।
सेनिटाइजर : यो सफाइ र ब्याक्टेरिया मार्ने दुवै काममा प्रयोग हुन्छ ।
विशेषज्ञले बताएका छन् कि यी उत्पादनको प्रयोग गर्नुअघि यसमा लेखिएको कुरा राम्रोसित पढ्न आवश्यक छ । खाना खाएपछि जब भान्साकोठा कपडाले सफा गरिन्छ त्यसपछि कागजले पुछ्नुपर्छ । यसो गर्दा कपडाबाट हुने प्रदूषणबाट बच्न सकिन्छ ।

लआउ हाइजिन तथा ट्रपिकल मेडिसनका प्राध्यापक सैली ब्लुमफिल्डका अनुसार मानिसलाई बिरामी हुनबाट बचाउन सफाइको विषयमा बुझाउन आवश्यक छ । उनले भनेकी छिन्, ‘सफाइको अर्थ धुँदा फोहोर तथा कीटाणुको सफा गर्ने भन्ने लाग्छ  । जब कि सफाको अर्थ उक्त ठाउँमा समय–समयमा यस्तो सफाइ हो कि जहाँ कीटाणुको फैलिने आशंका हुन्छ । जस्तो कि घरपालुवा जनावरसँग खेलेपछि, खाना बनाउने समय र टायल सफा गर्दा कीटाणु फैलिने सम्भावना हुन्छ ।’

रोयल सोसाइटी फर पब्लिक हेल्थकी सफाइविज्ञ प्राध्यापक लिजा एकर्ले भन्छिन्, ‘बाहिर जाँदा, साथी, परिवार तथा घरपालुवासित खेल्दा हामीसित यस्ता कीटाणुको सामना गर्नुपर्छ, यो हानिकारक पनि हुन सक्छ, तर मानिस यसको गलत अर्थ लगाएर एकअर्कामा टाढा बस्न चाहँदैनन् ।’ उनका अनुसार समय–समयमा यकिन ठाउँको सफाइ गर्नाले रोगबाट बच्न सकिन्छ तर मिहिनेत भने धेरै गर्नुपर्ने हुन्छ ।  उनी भन्छिन् कि घर तथा भान्साको कामपछि राम्ररी सफा गरे बालबालिकाको सुरक्षा हुन्छ र यसले गर्दा एन्टिवायोटिक औषधिको प्रयोग पनि स्वतः कम हुन्छ ।’ एजेन्सीको सहयोगमा

प्रकाशित: २८ असार २०७६ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App