१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य र पोषण बुझ्न मोबाइल सिम

नुवाकोट - बेलकोटगढी नगरपालिका–७ रातमाटेकी विन्दा श्रेष्ठ सुनौलो हजार दिने महिलाअन्तर्गत पर्छिन्। उनले बच्चा बिरामी हुँदा तथा स्वास्थ्यसँग सम्बन्धित कुनै विषयबारे जानकारी लिनुपरेमा स्वास्थ्य स्वयंसेविका र आफूजस्तै हजार दिने महिलासँग कुरा गर्नुपरेमा फोन गरेर समस्या समाधान गर्छिन्। तर फोन गर्दा पैसा सकिन्छ भन्ने चिन्ता छैन। ‘गाउँमा रहेको आमा समूहका सबै सदस्यसँग स्मार्ट सिम छ। केही पर्‍यो भने फोन गरेर जानकारी लिनेदिने गरिन्छ,’ श्रेष्ठले भनिन्, ‘एकपटक सय रुपैयाँको रिचार्ज गर्‍यो भने महिनाभरिलाई ढुक्क हुन्छ।’

स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले युएसएआइडीको सहयोगमा सञ्चालित सुआहारा कार्यक्रममार्फत हजारदिने आमाको परिवार र स्वास्थ्य स्वयंसेविकासँग समन्वय गर्न सजिलो होस् भन्ने उद्देश्यले नुवाकोटमा सिम वितरण थालेको छ। ‘कुरा गरौं स्वास्थ्य र पोषणको’ भन्ने नारासहित वितरण गरिएको सिमबाट स्मार्ट नेटवर्किङमा फोन गर्दा पैसा नपर्ने र अन्य नेटवर्किङमा फोन गर्दा समेत सस्तो पर्ने बताइएको छ। बच्चालाई खोप लगाउने, पोलियो थोपा तथा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने, स्वास्थ्य आमा समूहबीच छलफल गर्नेजस्ता आमा र बच्चालाई लक्षित गरी सञ्चालन गरिने क्रियाकलापमा सिम प्रयोग प्रभावकारी रहेको विदुर नगरपालिका–३ की स्वास्थ्य स्वयंसेविका राधिका श्रेष्ठले बताइन्। ‘गाउँमा कति महिनाका गर्भवती छन्, कसको बच्चा कति महिनाको भयो भन्नेजस्ता सबै जानकारी राखेकी छु। गाउँमा स्वास्थ्य र पोषणसँग सम्बन्धित कार्यक्रम आइरहन्छन्। घरघरमा गएर बोलाउन समयले भ्याइन्न। सबैलाई फोन गर्न मोबाइलमा पैसा छ कि छैन भनेर हेर्नुपथ्र्यो। अहिले त ढुक्क छ।’

सुआहाराले जिल्लाको स्वास्थ्य आमा समूहका ८ सय ४३ सदस्यलाई सिम वितरण गर्ने लक्ष्य बनाएको छ।

सुआहाराले जिल्लाको स्वास्थ्य आमा समूहका ८ सय ४३ सदस्यलाई सिम वितरण गर्ने लक्ष्य बनाएको छ। सुआहाराकी पोषण अधिकृत रेखा लामाको अनुसार ५० जना स्वास्थ्य स्वयंसेविका, घरायसी खाद्यान्न समूहका २ हजार १ सय ९२ जना र ९९ जना ग्रामीण नमुना कृषकलाई सिम वितरण गर्ने लक्ष्य राखिएको छ। स्वास्थ्य आमा समूहलाई सक्रिय रुपमा निरन्तरता दिन, हजार दिने आमाहरुबीच आमा र बच्चाको स्वास्थ्य र पोषणसँग सम्बन्धित विषयमा अनुभव आदानप्रदान गर्न सहज होस् भन्ने उदेश्यले सिम वितरण गरिएको पोषण अधिकृत लामाले बताइन्।

प्रकाशित: १९ माघ २०७५ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App