१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

दसैंमा यसरी गर्नुस् स्वास्थ्य सुरक्षा ( भिडियो अन्तर्वार्ता)

काठमाडौं- सामान्यतया दसैंमा अरु समय भन्दा खानेकुरा बढी नै खाने चलन छ। पर्वको समयमा चिल्लो र मसलेदार परिकारको मात्रा बढी हुने गर्छ। पर्वको समयमा खानेकुरामा ध्यान नदिँदा विरामी पर्ने सम्भावना पनि उत्तिकै हुन्छ।

जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती चार इन्चको जिब्रोले ५/६ फिट ठूलो शरीरलाई 'कन्ट्रोल' गर्नबाट बचाउनु पर्ने बताउँछिन्। उनी भन्छिन्, 'जिब्रोको स्वादका लागि चाहिले भन्दा धेरै र अस्वस्थ्य खानेकुराबाट सचेत हुनु पर्छ।'

चिल्लो, मसलेदार खानेकुराबाट पर्वको समयमा पनि बच्न उनी सुझाव दिन्छिन्। जङ्स फुड, कोल्ड ड्रीङको प्रयोग नगर्दा राम्रो हुने डा. उप्रेतीको भनाई छ। नागरिक नेटवर्कको स्टुडियोमा श्रीराम पौडेलसँग दसैंमा कसरी स्वास्थ्यको सुरक्षा गर्ने, कसरी खानपिनमा ध्यान दिनेबारे उनले आफ्ना सुझाव राखिन्।

प्रकाशित: २९ आश्विन २०७५ २३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App