१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

अतिरिक्त सचिव डा.मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. सङ्गीता मिश्रालाई नियुक्त गरेका छन्। १२ औं तहकी कर्मचारी रहेकी डा.मिश्रा मन्त्रालयमा अतिरिक्त सचिवको रुपमा थन्किएकी थिइन्। उनलाई पहिलोपटक पूर्ण जिम्मेवारी दिइएको हो। यसअघि विभागको महानिर्देशकमा रहेका डा. दिपेन्द्र रमण सिंहलाई भने मन्त्रालय तानिएको छ।

यस्तै, कान्ति बाल अस्पतालको निर्देशकमा बाल रोग विशेषज्ञ डा. पंकज रायलाई जिम्मेवारी दिइएको छ। उनी ११ औं तहका चिकित्सक हुन्। यसअघिका निर्देशक डा. युवानिधि बसौलालाई कान्तिमै राखिएको छ।

प्रकाशित: १३ भाद्र २०८० ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App