४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सरकारी अस्पतालमा पेट स्क्यान नहुँदा मारमा विपन्न

भरतपुर क्यान्सर अस्पतालले पेट स्क्यान मेसिन किन्ने तयारी गरिरहेको छ। तत्कालीन राष्ट्रपति रामवरण यादवको सिफारिसमा तत्कालीन सरकारले भरतपुर क्यान्सर अस्पतालका लागि पेट स्क्यान मेसिन खरिद गर्न बजेट विनियोजन गरे पनि अहिलेसम्म किनिएको छैन। वर्तमान सरकारले चालु आर्थिक वर्षमा पेट स्क्यान मेसिन किन्न बजेट विनियोजन गरेपछि चालु आर्थिक वर्षभित्रै किनेर जडान हुने सम्भावना देखिएको छ।

२०६९ सालमा तत्कालीन राष्ट्रपति यादवको पेटमा दाग देखिएको थियो। सो दाग के हो भनेर पत्ता लगाउने पेट स्क्यान मेसिन नेपालमा नभएपछि यादव उपचारका लागि जापान गएका थिए।

जापानबाट फर्केपछि यादवले कुनै पनि प्रकारको क्यान्सर पत्ता लगाउन पेट स्क्यान मेसिन किन्न बजेट विनियोजन गर्न सरकारलाई सुझाएका थिए। उनकै सुझावमा सरकारले उक्त मेसिन किन्न बजेट विनियोजन गरेको थियो। तर विनियोजन गरिएको बजेट अपुग भएपछि खरिद प्रक्रिया अघि बढ्न सकेन। त्यसपछि सरकारले यो मेसिन किन्न अर्को आर्थिक वर्ष (आव) २०७१÷०७२ को बजेटमा ४५ करोड रूपैयाँ विनियोजन गरेको थियो।

रकम विनियोजनसँगै भरतपुर क्यान्सर अस्पतालले उक्त मेसिन किन्न ग्लोबल टेन्डर आह्वान गरेको थियो। तर खरिद गर्न लागेको मेसिन उपयुक्त नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि प्रक्रिया रोकिएको थियो। त्यतिबेला कुनै विशेष कम्पनीलाई मिल्नेगरी टेन्डर आह्वान गरिएको आरोप लागेको थियो।

२०६९ सालमा तत्कालीन राष्ट्रपति यादवको पेटमा दाग देखिएको थियो। सो दाग के हो भनेर पत्ता लगाउने पेट स्क्यान मेसिन नेपालमा नभएपछि यादव उपचारका लागि जापान गएका थिए।

यस विषयमा सर्वोच्च अदालतमा पनि मुद्दा परेको थियो। ‘एउटा मात्र कम्पनी टेन्डर प्रक्रियामा सहभागी भएकाले खरिद प्रक्रियाविरुद्ध उजुरी परेको थियो। त्यसपछि म अवकाश भएँ, केके भयो थाहा भएन’, भरतपुर क्यान्सर अस्पतालका तत्कालीन निर्देशक डा. चिनबहादुर पुनले भने।

पुनपछि कार्यकारी निर्देशकको जिम्मेवारी समालेका डा. विजय आचार्यले आफ्नो कार्यकालमा सर्वोच्च अदालतबाट फैसला नआएकाले खरिद प्रक्रिया अघि बढ्न नसकेको बताए।

चालु आर्थिक वर्षमा फेरि पेट स्क्यान खरिद गर्न बजेट विनियोजन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए। उनका अनुसार भरतपुर क्यान्सर अस्पताललाई वातवरणीय प्रभाव अध्ययन गरी प्रतिवेदन पठाउन निर्देशन दिइएको जानकारी दिए। वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन र अन्य प्रक्रिया सुनिश्चित भएपछि मात्र अस्पताललाई बजेट पठाइने उनले बताए। ‘पेट स्क्यान मेसिन राख्दा स्थानीय समाजमा विकिरणीय असर नपर्ने विज्ञ टोलीको रिपोर्ट चाहिन्छ, त्यो आइसकेको छैन’, उनले भने।

पुनपछि कार्यकारी निर्देशकको जिम्मेवारी समालेका डा. विजय आचार्यले आफ्नो कार्यकालमा सर्वोच्च अदालतबाट फैसला नआएकाले खरिद प्रक्रिया अघि बढ्न नसकेको बताए।

भरतपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा. कृष्णसागर शर्माका अनुसार टेन्डर प्रक्रियामा विवाद उत्पन्न भएपछि पनि अस्पतालले हरेक वर्ष बजेट माग गरेको थियो। तर चालु आर्थिक वर्षमा पेट स्क्यान खरिद गर्न सरकारले बजेट विनियोजन गरे पनि अस्पतालमा आइनसकेको उनले बताए।

पहिला किन्न खोज्दा ग्लोबल टेन्डरमा विवाद हुँदा अतिआवश्यक यो मेसिन अहिलेसम्म किन्न नसकिएको उनले बताए। खरिद प्रक्रिया विवादरहित बनाउन आफू लागिपर्ने शर्माले बताए। ‘हामी बिनाविवाद ग्लोबल टन्डर प्रक्रियामा जाने तयारीमा छौं’, उनले भने।

शरीरमा क्यान्सर कुन भागमा कुन अवस्थामा छ भन्ने पहिचान गर्न र उपचारपछि क्यान्सरको अवशेष बाँकी छ/छैन भन्ने हेर्न पेट स्क्यान मेसिन चाहिन्छ। यो मेसिनको मूल्य ७० करोडदेखि ९० करोड रूपैयाँसम्म पर्ने बताइन्छ।

उनले पेट स्क्यान मेसिन सञ्चालन गर्ने सामथ्र्य अस्पतालसँग रहेको बताए। वीर अस्पताल अंकोलोजी विभागका प्रमुख डा. विवेक आचार्यले सरकारले तदरुकता नदेखाएका कारण अहिलेसम्म सरकारी अस्पतालमा पेट स्क्यान मेसिन खरिद नभएको बताए। ‘सरकारले चाहेको भए धेरै पहिला नै यो उपकरण आइसक्थ्यो’, उनले भने।

अब पनि पेट स्क्यान मेसिन सरकारी अस्पतालमा नहुने हो भने विपन्न वर्गका बहुसंख्यक बिरामी उपचारको पहुँचबाहिरै हुने भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा. शर्माले बताए।

 ‘हामीकहाँ उपचारमा आउने बिरामी धेरैजसो विपन्न तथा अतिविपन्न वर्गका छन्, हरेक बिरामीको क्यान्सरको तह यकिन गर्न पेट स्क्यान मेसिन चाहिन्छ। यो मेसिन सरकारी अस्पतालमा नभएपछि धेरै बिरामी घरजग्गा बेचेर निजी अस्पतालमा जाँच गराउन जान बाध्य छन्,’ उनले भने।

शरीरमा क्यान्सर कुन भागमा कुन अवस्थामा छ भन्ने पहिचान गर्न र उपचारपछि क्यान्सरको अवशेष बाँकी छ/छैन भन्ने हेर्न पेट स्क्यान मेसिन चाहिन्छ। यो मेसिनको मूल्य ७० करोडदेखि ९० करोड रूपैयाँसम्म पर्ने बताइन्छ।

चिकित्सकका अनुसार निजी अस्पतालमा पेट स्क्यान गराउँदा ६० देखि ७० हजार रूपैयाँ खर्च हुन्छ। यो सेवा सरकारी अस्पतालमा हुने हो भने २०/२२ हजार रूपैयाँमै दिन सकिने वीर अस्पताल अंकोलोजी विभागका प्रमुख डा. आचार्य बताउँछन्। सरकारले जननशक्ति र तलब मात्र दिए अतिविपन्न बिरामीलाई यो सेवा निःशुल्क सेवासमेत दिन सकिने भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा. शर्माले बताए।

यो मेसिन काठमाडौं उपत्यकामा कुण्डलिनी, सौर्य डाइग्नोसिस सेन्टर तथा झापाको बिएनसी क्यान्सर अस्पतालमा छ। यो मेसिन कुनै पनि सरकारी अस्पतालमा छैन। हरेक वर्ष ११ देखि १२ हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन्। जसमध्ये ६० प्रतिशत भरतपुर क्यान्सर अस्पताल र ४० प्रतिशत अन्य अस्पतालमा पुग्छन्। शरीरमा क्यान्सर कुन भागमा कुन अवस्थामा छ भन्ने यकिन गर्न र उपचारपछि शरीरमा क्यान्सरको अवशेष बाँकी छ/छैन भन्ने पत्ता लगाउन पेट स्क्यान मेसिन चाहिन्छ। यो मेसिनको मूल्य ७० करोडदेखि ९० करोडसम्म पर्ने बताइन्छ।

प्रकाशित: २० श्रावण २०८० ०१:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App