१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भारतमा सात हजार बढी कोरोना सङ्क्रमित

गत बुधबारदेखि भारतमा कोराना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छभने यसबाट स्वास्थ्यलाभ गर्नेको सङ्ख्या बढ्दै गएको छ। बितेका २४ घण्टामा सात हजार पाँच सय ३३ जनामा कोभिड–१९ सङ्क्रमण पत्ता लागेको तथा ११ हजार ४७ जनाले कोरोनालाई परास्त गरेका केन्द्रीय स्वास्थ्य तथा  परिवार कल्याण मन्त्रालयले आज जनाएको छ।  

दुई लाख आठ हजार एक सय १२ जनाको स्वाब परीक्षण गर्दा सात हजार पाँच सय ३३ जनामा सङ्क्रमण पत्ता लागेको हो । अघिल्लो साता भारतमा कोरोना महामारी मत्थर भएयता सबैभन्दा धेरै बिरामी फेलापरेपछि केन्द्र सरकारले परीक्षणलाई तीव्र गतिमा अघि बढाउनुका साथै खोप अभियानलाई पनि उच्च प्राथमिकता दिँदै आएको छ।  

हाल भारतमा कोरोनाबाट सक्रिय रूपमा सङ्क्रमित बिरामी ० दशमलब १२ प्रतिशत रहेको उक्त मन्त्रालयले जनाएको छ। चार करोड ४३ लाख ४७ हजार २४ जना रोगमुक्त भएका छन्। विश्वव्यापी कोरोना महामारी शुरुभएदेखि हालसम्म दुई अर्ब २० करोड ६६ लाख भारतीयले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।  

प्रकाशित: १५ वैशाख २०८० १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App