५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

चितवनमा चेरिश फाउन्डेसनले गर्यो मानसिक स्वास्थ्य परामर्श

चेरिश नेपाल फाउन्डेसनले मानसिक स्वास्थ्यबारे परामर्श गरेको छ। भारतको मनोवैज्ञानिक टोलीसँग मिलेर फाउन्डेसनले मानसिक स्वास्थ्यबारे परामर्श गरेको हो।

फाउन्डेसनले मालपुर माध्यमिक विद्यालय सौराहा चितवन र श्री जनजीवन विद्यालय (माढी, चितवन) गरी दुई फरक विद्यालयको भ्रमण गरेको थियो। विद्यालयका एक सय भन्दा बढी विद्यार्थीसंग मनोवैज्ञानिक टोलीले मानसिक स्वास्थ्य परामर्श गरेको थियो।  

परामर्शले व्यक्ति, परिवार र समुदायको जीवनमा गहिरो प्रभाव पार्न सक्ने मनोवैज्ञानिक टोलीले बताएको छ। त्यस्तै मानिसहरूलाई मृत्यु, सम्बन्धविच्छेद, प्राकृतिक प्रकोप, विद्यालयको तनाव र जागिर गुमाउने जस्ता कठिन जीवन परिस्थितिहरूमा मद्दत पुग्ने टोलीले विश्वास लिएको छ।  

'थेरापी वा काउन्सिलिङको उद्देश्य भनेको मानसिक स्वास्थ्यसँग सम्बन्धित चिन्ता, डिप्रेसन, तनाव, मनोवैज्ञानिक विकारहरू, तिनीहरूको जीवनका विभिन्न पक्षहरू ९व्यक्तिगत र व्यावसायिक दुवै० मा समस्याहरूबाट गुज्रिरहेका मानिसहरूलाई सहयोग गर्नु हो। मानसिक स्वस्थता कायम राख्नु र सुधार गर्नु अर्को लक्ष्य हो जुन व्यावसायिक मद्दतबाट प्राप्त गर्न सकिन्छ,' काउन्सिलर तारिका मोदीले भनिन्।  

मानसी थेरापी (कोलकाता, भारत) सँगको सहकार्यमा चेरिश नेपाल फाउन्डेसनले नेपालको ग्रामीण क्षेत्रका बालबालिकामा मानसिक स्वास्थ्य सम्बन्धी चेतना फैलाउँदै आइरहेको छ। 

प्रकाशित: १७ माघ २०७९ ०७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App