१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

ख्वपलाई बीए एलएलबी अध्ययनअध्यापनको स्वीकृति प्राप्त

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेजलाई कानुनतर्फ बीए एलएलबी अध्ययन अध्यापनको लागि स्वीकृति प्राप्त भएको छ। नगर प्रमुख सुनिल प्रजापतिले आइतबार भएको एक कार्यक्रममा यसबारे जानकारी गराएका हुन्। नगरभित्रका कलेजहरुमा अध्ययनरत विद्यार्थीका लागि भएको छात्रबृति वितरण समारोहमा नगर प्रमुख प्रजापतिले यसबारे जानकारी गराए।  

कार्यक्रममा नगर प्रमुख प्रजापति र उपप्रमुख रजनी जोशीले छात्रवृत्तिमा छनोट भएका एक सय २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति सिफारिस पत्र प्रदान गरे। नपाले यसवर्ष व्यवस्थापनमा ६३, विज्ञानमा ३८, मानविकीमा ९ जना र शिक्षा विषयमा ६ जना गरी कुल एक सय २० विद्यार्थीलाई छात्रवृति वितरण गरेको हो। नगरभित्रका ख्वप मावि, बागीश्वरी मावि, बासु मावि र आदर्श आजाद कलेजका अध्ययनरत ती विद्यार्थीलाई छात्रवृति विरण गरिएको हो। सवैलाई गरेर कुल ६१ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको कार्यक्रममा बताइयो।

नगरपालिकाले संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ को प्रावधानअनुसार भक्तपुर नगरपालिका छात्रवृत्ति छनोट समितिको निर्णय, योग्यताक्रम र प्राथमिकतामा आधारमा छनोट भएका विद्यार्थीहरुलाई छात्रबृवित वितरण गरेको जनाएको छ।  

कार्यक्रममा नगर प्रमुख प्रजापतिले शिक्षाकै कारण विकसित देशहरु आर्थिक, सामाजिक र राजनैतिक रुपमा अगाडि बढिरहेको प्रसंग जोड्दै शिक्षा नभएको व्यक्तिले जीवनमा जतिसुकै आर्थिक लाभ हासिल गरे पनि सामाजिक र राजनैतिक रुपमा अगाडि बढ्न कठिन हुने बताए। उपप्रमुख रजनी जोशीले शिक्षा विनाको जीवन अर्थपूर्ण नहुने बताउँदै भक्तपुर नपाले कक्षा ११ र १२ मा बाहेक नेपालभाषा, भूगोल, राजनीतिशास्त्र, इतिहास र संस्कृति विषय लिएर अध्ययन गरेका विद्यार्थीहरुलाई पनि छात्रवृत्ति वितरण गरिरहेको बताइन्।

प्रकाशित: २ आश्विन २०७९ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App