२१ आश्विन २०८१ सोमबार
image/svg+xml
शिक्षा

नयाँ विद्यार्थी भर्नाबारे के भन्छन् 'प्लस टु' सञ्चालकहरू?

राष्ट्रियस्तरमा अब्बल बन्दै द टाइम्स

शंकर प्रसाद गैरे, प्राचार्य

काठमाण्डौंको डिल्लीबजारमा सञ्चालित द टाइम्स इन्टरनेशनल स्कुल /कलेज  राष्ट्रिय स्तरमा गणनायोग्य अब्बल रहेको छ। २०५७ सालबाट सञ्चालनमा आएको द टाइम्स इन्टरनेशनल स्कुल /कलेजमा त्रिभुवन विश्वविद्यालय तथा राष्ट्रिय परीक्षा बोर्डका विभिन्न विषय अध्ययन अध्यापन हुँदै आएको।

स्थापनाको २२ औँ वर्ष पार गरिसक्दा द टाइम्सले आफ्नो छुट्टै पहिचान बनाइसकेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुँदै आएको छ।

त्यसैगरी स्नातकोत्तर तहमा व्यवस्थापन संकाय अन्तर्गत एमविएस कक्षा सञ्चालन हुँदै आएको छ । स्नातक तथा स्नाकोत्तर तहका सबै संकाय तथा विभिन्न  विषयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सक्षम नागरिक बनाउने उद्देश्यका साथ कलेजले पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्यहरूबाहेक जीवनोपयोगी शिक्षा प्रदान गर्दै समाजमा भिज्न सक्ने र राष्ट्रलाई आवश्यक पर्ने जनशक्ति तयार गर्दै आइरहेको छ।

‘गुणस्तरीय शिक्षा खोजी गर्नेको रोजाइ’

केशरबहादुर खुलाल, प्रिन्सिपल,

सूर्यविनायक–७, गुण्डु, भक्तपुरमा अवस्थित काठमाडौं वर्ल्ड स्कूल निजी क्षेत्रकै उत्कृष्ट र नमुना स्कुल हो। नेपाल सरकारको विशिष्ट श्रेणीमा दर्जित यस स्कुलले भौतिक, शैक्षिक, व्यवस्थापकीय  सबै पक्षमा अन्तराष्ट्रिय स्तर कायम गरेको छ।

यो स्कुल ६ देखि १९ वर्षका बालबालिकालाई उच्च गुणस्तरको समग्र शिक्षा प्रदान गर्ने प्रमुख  उद्देश्यका साथ वरिष्ट नेपाली शिक्षाविद् र उद्यमीहरूको समूहको साझा पहलमा स्थापना भएको हो। शान्त वातावरण, अत्याधुनिक प्रविधि र सुविधाहरू तथा शिक्षामा पूर्ण समर्थित तथा दक्ष जनशक्ति यसका मुख्य विशेषता हुन्।

काठमाडौं उपत्याकाका जुनसुकै कुनासम्म पुग्ने सुविधायुक्त बस सेवा तथा अत्याधुनिक सुविधायुक्त अत्यन्त सुरक्षित आवाश गृहहरूको व्यवस्थाका कारण देशका सबै क्षेत्र तथा भारत, जापन, कोरिया, हङकङ, म्यानमार, सिंगापुर, बेलायत, अमेरिका तथा अन्य मुलुकका नागरिक तथा गैर नेपालीका सन्ततिहरू पनि यस स्कूलमा अध्ययनरत छन्।

'जीवनोपयोगी सिकाइका लागि मनास्लु वर्ल्ड' 

गेन्द्र लामा, अध्यक्ष, मनास्लु वल्ड कलेज

मनास्लु वर्ल्ड कलेज विद्यार्थीहरूलाई रूपान्तरणमुखी जीवनोपयोगी सिकाइ अनुभव प्रदान गर्न समर्पित शैक्षिक संस्था हो। हामी विद्यार्थीहरूलाई स्थानीय र विश्वबजारका सरोकारहरूमा सारिक गराउन आवश्यक सिकाइको मार्ग प्रशस्त गर्छौ।

बढ्दो अन्तरनिर्भरात्मक विश्व परिवेशमा माग भई आउने पेशागत सीप र क्षमताका लागि उनीहरूलाई तयार गर्नु पनि हाम्रो अर्को  विशेषता हो।

हाम्रो यस शैक्षिक संस्था रोजेका विद्यार्थीहरूले स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म अब्बल ठहराएका विषय र क्षेत्रहरूमा स्तरीय शिक्षा हासिल गर्ने अवसर प्राप्त गर्छन्।

विविध क्षेत्रका विद्धत वर्ग, उहाँहरूको निरन्तर सहयोग,  प्रोत्साहनका साथै नविन शैक्षिक प्रणालीको विश्वज्ञान भण्डारसँगको निकटताले मनास्लु कलेजलाई प्रत्यक्ष परोक्ष लाभ मिलेको छ। यो हाम्रो अमूल्य  नीति पनि हो।

'उत्कृष्ट शिक्षा दिएका छौं'

मधुकर पाण्डे कार्यक्रम निर्देशक, नेपाल मेगा कलेज  

विश्वव्यापीकरणको वर्तमान विश्व परिवेशमा उच्च दक्ष,सिपमूलक एवं संस्कारयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसाथ अनुभवी एवं विज्ञ शिक्षकहरूको सामूहिक प्रयत्नबाट स्थापित यस नेपाल मेगा कलेजले कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन र कानुन तथा स्नातक र स्नातकोत्तरतर्फ त्रिभुवन विश्वविद्यालयको बीबीएम,बीसिए,बीबीएस,बीएसडब्लु र एमबिएस कार्यक्रम सञ्चालन गर्दै आएको छ।

स्थापनाको छोटो समयभित्र उत्कृष्ट शैक्षिक क्रियाकलाप एवं अतुलनीय शैक्षिक उपलब्धि हासिल गरी यस कलेजले छुट्टै आफ्नो पहिचान बनाउन सफल भएको छ। एबबीबीएस,बिई,बी फार्म, बीएससीसिएसआइटी जस्ता कार्यक्रमका लागि लिइने प्रवेश परीक्षाहरूमा विद्यार्थीहरूले प्राप्त गरेका उपलब्धिहरूले यस कलेजको प्राज्ञिक उत्कृष्टतालाई प्रतिविम्बित गरेको छ।

नाइटिङगेल अन्तर्राष्ट्रिय कलेज

रन्जना प्रधान, प्रिन्सिपल

नाइटिङगेल २०५७ सालमा स्थापित अन्तर्राष्ट्रिय स्तरको कलेज हो। देशभित्रै विश्वस्तरीय शिक्षा प्रदान गर्ने नाराका साथ यस कलेजले पाठ्यक्रम र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्दै उल्लेखनीय इतिहासको बाइसौं वर्ष सफलतापूर्वक मनाएको छ।

हाम्रा विद्यार्थीहरूले विगतमा उच्च माध्यामिक शिक्षा परिषद् र हालको राष्ट्रिय परीक्षा बोर्डका परीक्षाहरूमा वर्षौंदेखि प्राप्त गरेका उत्कृष्ट नतिजाहरू र उनीहरूले धेरै प्रसिद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय कलेजहरू/विश्वविद्यालयहरूमा छात्रवृत्ति सहित विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरूप्रति हामी गर्व महसुस गर्छौं। यस कलेजको आदर्श वाक्य ‘श्रम र सम्मान’ हो। सस्तो मूल्यमा गुणस्तरीय शिक्षा हाम्रो प्रमुख चासो हो।

उत्कृष्टताको निरन्तरता: केएमसी

डा.नगेन्द्र अर्याल , प्रिन्सिपल

गुणस्तरीय शिक्षा प्रदान गरी एक्काइसौं शताब्दीका लागि दक्ष र प्रतिबद्ध जनशक्ति तयार गर्ने उद्देश्यले स्थापना भएको काठमाडौं मोडेल माध्यमिक विद्यालय (केएमसी), बागबजार आज स्थापनाको २२ औं वसन्तमा हिँडिरहेको छ।

शैक्षिक विशिष्टताका निम्ति गुणस्तरीय शिक्षाप्रदान गर्ने हेतुले आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको यो विद्यालय विद्यार्थी र अभिभावकहरूमाझ सर्वाधिक लोकप्रिय, विश्वसनीय र सुपरिचित संस्थाका रूपमा आफूलाई उभ्याउन सफल भएको छ।

गुणस्तरीय शिक्षा, उचित, शुल्क, शान्त र अनुशासित वातावरण, व्यवसायिक र बजारको माग अनुसारको शिक्षा प्रदान गरी योग्य,दक्ष र व्यवहारिक जनशक्ति उत्पादन गरेका कारण यो विद्यालय नेपालमा सञ्चालित करिब चार हजार भन्दा बढी यस तहको अध्ययन अध्यापन हुने विद्यालयहरूको भिडमा विगत दशकभन्दा बढी समयदेखि उत्कृष्ट तीन विद्यालयभित्र आफूलाई निरन्तर उभ्याउन सफल भएको छ।

एक्काइसौं शताब्दीको शिक्षाका लागि रिभेरा

प्रज्वल कोइराला, प्रिन्सिपल रिभेरा इन्टरनेशनल एकेडेमी, चावहिल,

‘एक्काइसौं शताब्दीको शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ कानुन, विज्ञान, व्यवस्थापन तथा मानविकी संकायमा संचालन गरिरहेको रिभेरा इन्टरनेसनल एकेडेमी मैजुबहाल, चावहिलमा  छ। विगत ५ /६ वर्षदेखि कक्षा १२ को बोर्ड परीक्षामा विज्ञान, व्यवस्थापन र कानून संकायमा शतप्रतिशत नतिजा प्राप्त गर्न सफल रहेको यस कलेजको उद्येश्य आजका विद्यार्थीहरुलाई युगसुहाउँदो व्यवसायिक तथा व्यावहारिक शिक्षा दिनु हो। विश्व बजारमा आफूलाई सबल रूपमा उभ्याउन सक्ने र आफ्नो योगदानको महत्व राख्न सक्ने जनशक्ति तयार गर्नु प्रमुख ध्येय हो।

विद्यार्थीहरुले प्राप्त गर्ने ज्ञानलाई सिपमा परिणत गर्न सिकाउने व्यवस्था रिभेराले गरेको छ। कलेजका पढाइ हुने विषयहरूमा व्यवस्थापन संकायमा होटल म्यानेज्मेन्ट, कम्युटर साइन्स र विजनेस स्टडिज, विज्ञानमा भौतिक विज्ञान समूह र जीव विज्ञान समूह रहेका छन् भने कानूनमा कानून विषयसँग सम्बन्धित विषय रहेका छन्।

अनुसन्धानमुखी शिक्षामा जोड: साउथ वेस्टन कलेज

हरिसिंह केसी, सहायक कलेज प्रमुख

२०६७ मा स्थापित, साउथवेस्टन ग्रुपद्वारा सञ्चालित साउथवेस्टन स्टेट कलेज अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने आइएसओ  मान्यता प्राप्त कलेज हो। यहाँ कलेजमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन र मानविकीतर्फका विभिन्न विषयहरूको पठनपाठन हुन्छ।  

स्नातक र स्नातकोत्तर तहका  विविएम, विसिए, विविएस, विएसडब्लु, एमविएस, एमए  इंग्लिसका कार्यक्रम सञ्चालित छन्।

गुणस्तरीय र समयसापेक्ष शिक्षाका लागि कलेजले अन्तराष्ट्रिय सहयोगी साझेदारी कार्यक्रम अन्तर्गत विश्वका दसओटा विश्वविद्यालयहरू तथा चौध ओटा संघसंस्थासँग सहकार्य गरेको छ।

भूकम्पप्रतिरोधी भवन, आधुनिक, सुव्यवस्थित र मल्टिमिडियासहितका कक्षाकोठाहरू, बायोलोजी, फिजिक्स, केमेस्ट्री, कम्प्युटर विज्ञान, होटेल म्यानेजमेन्ट, पत्रकारिता, व्यवस्थापनका अत्याधुनिक प्रयोगशालाहरू, सुविधासम्पन्न पुस्तकालय,इलाइब्रेरी,अत्याधुनिक क्याफ्टेरिया, वातावरण अनुकूलित सेमिनार हल,  खेलमैदान र अत्याधुनिक, आकर्षित तथा विद्यार्थीमैत्री भौतिक पूर्वाधारले गर्दा कलेज विद्यार्थीको छनोटमा परेको छ।

नारायण पोखरेल,निर्देशक टेक्सास इन्टरनेसनल कलेज 

काठमाडौंको चाबहिल, मित्रपार्कमा अवस्थित एक अब्बल, बहुप्रतिष्ठित शैक्षिक प्रतिष्ठान हो टेक्सास। यस कलेजले बहुआयामिक संस्थाका रूपमा सन् २०१० देखि अध्यापन गराउँदै आइरहेको छ। यस संस्थामा विज्ञान,  व्यवस्थापन, मानविकी र कानुन संकाय तर्फका शैक्षिक गतिविधि सञ्चालन हुँदैआइरहेको छन।

दक्ष, लगनशील अनुभवी तथा विद्वत् व्यक्तित्वहरुको  संलग्नतमा शिक्षण, प्रशिक्षण गतिविधि मार्फत वर्तमान परिवेशलाई चाहिने दक्षजनशक्ति उत्पादन लक्ष्य लिएको छ। साथै यस कलेजले शैक्षिक र दक्ष विद्यार्थी उत्पादनमा  ठूलो भूमिका खेल्दै आइरहेको छ।

टेक्सास कलेजले विभिन्न कार्यक्रम विएसी (सिएसआइटी), विसिए, विविएम, विविएस, विए, विएसडब्लु र एमविएस (त्रिविबाट सम्बन्धनप्राप्त) मार्फत सूचनाप्रविधि, व्यवस्थापन र सामाजिक विज्ञानको क्षेत्रमा सकारात्मक भूमिका खेलेको छ।

प्रकाशित: १९ श्रावण २०७९ ०५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App