४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

चेपाङ बालबालिका पढ्ने तोमनडाँडा विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना

अक्षयकोषको रकम हस्तान्तरण गर्दै दाता देवराज गुरुङ र ग्रहकण गर्दै वडा अध्यक्ष लगायत।

सञ्चारकर्मी देवराज गुरुङले आफ्नो हजुरवुवा स्वर्गीय सोम बहादुर गुरुङको स्मृतिमा गाउँकै विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन्। गुरुङले निम्नवर्गका जेहेन्दार विद्यार्थीको शिक्षादीक्षामा सहयोग पुर्‍याउने हेतुले गाउँकै तोमनडाडाँ आधारभुत विद्यालय गण्डकी गाउँपालिका ६ भुम्लिचोकमा ५० हजार राशीको अक्षयकोषको स्थापना गरेका हुन्। उनी इच्छाकामना न्युज डटकमका सम्पादक पनि हुन्।  

उनले मंगलवार विद्यालयमै आयोजित एक कार्यक्रममा गण्डकी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जीवन गुरुङको रोहवरमा प्रध्यानाध्यापक कुल बहादुर चेपाङ र संस्थापक अध्यक्ष चन्द्र बहादुर गुरुङलाई अक्षयकोषको रकम हस्तान्तरण गरे। रकम हस्तान्तरण कार्यक्रममा उनले मानिसको जीवनमा परिवर्तन र प्रगतीको लागि शिक्षा महत्वपूर्ण रहेकोले विपन्न वर्गका विद्यार्थीहरुलाई सहयोग गर्न कोषको स्थापना गरेको बताए।  

‘अहिले ५० हजार रुपैयाँको कोष स्थापना गरेको भएपनि कोषलाई वृद्वि गरि १ लाखसम्म पुर्‍याउनेछु’ उनले भने। यस्तै आफ्ना वुवा, हजुरवुवाहरु अशिक्षित रहदा रहदै पनि उहाँहरुले शिक्षा प्रति मोह र लगाव देखाउदै आफुहरुलाई उच्च शिक्षा दिएकोले स्वर्गीय हजुरवुवाको सम्मानमा कोष स्थापना गरेको पनि उनले बताए।

‘शिक्षा क्षेत्रलाई अगाडी बढाउन, यहाँका स्थानीय विपन्न वर्गका विद्यार्थीहरुको शिक्षामा सघाउ पुर्‍याउने कार्य गरेकोमा हामी अत्यन्त खुशी छौं’ रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष जिबन गुरुङले भने। विद्यालयका प्रध्यानाध्यापक कुल बहादुर चेपाङले अक्षयकोष स्थापनाका दातालाई धन्यवाद दिदै अक्षयकोषको आम्दानीलाई विद्यालय व्यवस्थापन समिति, अभिभावकहरुसँगको छलफलबाट कार्यविद्यि बनाई विपन्न विद्यार्थीको शिक्षामा खर्च गरिने बताए। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी एवं स्थानीय अभिभावकहरुको समेत उपस्थिति रहेको थियो।

प्रकाशित: २४ कार्तिक २०७८ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App