१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

खोप उपलब्ध गराएर मात्र परीक्षा सञ्चालनको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

तस्बिर: सामाजिक सञ्जाल

कोरोनाविरुद्धको खोप अनिवार्य उपलब्ध नभएसम्म परीक्षा रोक्न माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।  

मंगलबार काठमाडौंको बागबजारस्थित पद्‍मकन्‍या क्याम्पसमा विद्यार्थीहरूले महामारीको जोखिमबीच पनि परीक्षा संचालन गरिएको भन्दै प्रदर्शन गरेका हुन्।

परिक्षा केन्द्रमा भौतिक दूरी कायम हुन नसकेको यसले गर्दा जोखिमको खतरा भएको विद्यार्थीको भनाइ छ। उनीहरूले 'नो भ्याक्सिन नो इक्जाम' भन्दै नाराबाजी गरेका थिए।

राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परीक्षा स्थगन गरे पनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने संचालन गरेको छ।

प्रकाशित: २६ श्रावण २०७८ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App