४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

त्रिविका परीक्षा निर्धारित समयमै

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रूपमा सञ्चालन गर्ने भएको छ। कोरोना भाइरसका कारणले कुनै संकट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने भएको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका हुन्।

चैत ७ गतेदेखि सुरु हुने विभिन्न संकाय र संस्थानका परीक्षाको तयारी सो कार्यालयले पूरा गरेको छ। ‘कोरोना भाइरसको अहिल्यैकै अवस्थामा परीक्षा रोकिहाल्नुपर्ने अवस्था छैन’, नियन्त्रक जोशीले भने, ‘भाइरसका कारणले मुलुकमा नै संकट घोषणा गर्नुपर्ने अवस्था आयो भने सोच्नुपर्ने हुन्छ।

त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग त्रिविले परीक्षा सञ्चालन गर्नेबारे छलफल गरेका थिए। स्वास्थ्यमन्त्री ढकालले अहिल्यैकै अवस्थामा परीक्षा रोक्नुपर्ने अवस्था नरहेकाले त्रिविलाई यथावत् रूपमा परीक्षा सञ्चालन गर्न आग्रह गरेका थिए। त्रिविअन्तर्गतको स्नातकोत्तर प्रथम वर्षको आंशिक परीक्षा चैत ७ गतेबाट, स्नातकोत्तर तह चौथो सेमेस्टरको चैत ८ गतेदेखि, स्नातकोत्तर दोस्रो सेमेस्टरको चैत २२ गतेदेखि, शिक्षा शास्त्रको एकवर्षे बिएड चैत ९ गतेदेखि, स्नातक तह कानुन संकायको दोस्रो तहको परीक्षा चैत १४ गतेदेखि सुरु हुँदैछ। परीक्षा नियन्त्रक जोशीका अनुसार त्रिविले परीक्षाका लागि बिहीबारदेखि उपत्यका बाहिर प्रश्नपत्र पठाउने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसका कारणले विद्यालय तहको परीक्षा भने चैत ५ गतेभित्र सक्न नर्देशन दिइसकेको छ।रासस

प्रकाशित: २८ फाल्गुन २०७६ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App