१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

बन्ने भयो दरबार स्कुल

काठमाडौं- बेसमेन्ट पार्किङ विवादका कारण रोकिएको दरबार स्कुल पुनःनिर्माण कार्य सोमबारदेखि सुरु भएको छ । चाइना सरकारको सहयोगमा पुनःनिर्माण गरिने सहमति भएको दरबार स्कुलको नक्सा पार्किङ विवादका कारण रोकिएको थियो।

दरबार स्कुल काठमाडौं शहरको २७ वडामा रहेको र स्थानीयहरुले स्कुुलको क्षेत्र निकै ठूलो भएकाले बेसमेन्ट पार्किङको माग गरेका कारण महानगरपालिकाले स्कुल पुनःनिर्माणको नक्सा पासमा रोक लगाएको सूचना पाउनसाथ विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल सोमबार स्कुल पुगेका थिए । उनले स्कुलमा प्रधानाध्यापक, शिक्षक, वडाध्यक्ष, काठमाडौं महानगरपालिकाका प्रीतनिधि, चिनियाँ सरकारका प्रीतनिधि, ठेकेदार, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ लगायतका सरोकावालाबीवच छलफल गराए ।

दरबार स्कुलको भुइँतलामा रहेको संस्कृत माध्यामिक विद्याललयका विद्यार्थीहरुले स्वस्ती वाचन गरी सुरु भएको छलफलमा मन्त्री पोखरेलले आफूले चिनियाँ सरकारसँग जनताको माग अनुसार बेसमेन्ट पार्किङको कुरा राख्दा चिन सरकारको नियमअनुसार स्कुल र अस्पताल भवनमा बेसमेन्ट पार्किङको व्यवस्था नहुने भएकाले बेसमेन्ट बिनाको डिजाइन तयार भएको बताए । ‘भूकम्पबाट क्षति भएको सबै स्कुलको पुनःनिर्माण कार्य २ वर्षभित्र सकिने मेरो मार्ग चित्र हो त्यसको सुरुवातै मैले आज दरबार स्कुलको पुनःनिर्माण कार्य सुरु गराएर गरेको हुँ,’ भूकम्पले क्षति पुगेको स्कुलको एउटा कक्षाकोठामा आयोजित छलफलमा सहभागी मन्त्री पोखरलेलले भने, ‘सुरक्षित स्कुल र वातावरणमा सबै बालबालिका पढ्न पाउनुपर्छ ।

अभिभावकहरुले स्वेच्छाले सन्तान भर्ना गराउन सक्ने सार्वजनिक विद्यालय निर्माण हाम्रो लक्ष्य हो ।’ उनले महानगरपालिका, वडाअध्यक्ष, ठेकेदार, आयोजना कार्यान्वयन एकाइ,चिनियाँ सरकारका प्रतिनिधि लगायतलाई सोमबारैदेखि पुनःनिर्माण कार्या सुरु गर्न निदेर्शनसमेत दिए । उनले सार्वजनिक स्कुलका प्रधानाध्यापकलाई स्कुलको गुणस्तीय सुधारका कम्तीमा ५ वर्षको मार्गचित्रसहितको कार्ययोजना बनाउन समेत निर्देशन दिए ।२७ वडाका अध्यक्ष चिनियामान बज्राचार्यले स्थानीयको मागअनुसार आफूहरुले काठमाडौं महानगरपालिकामा स्कुलको बेसमेन्ट क्षेत्रमा पार्किङको मागसहितको निवेदेन दिएको बताए ।

उनले बालबालिकाको भविष्यका लागि स्कुल बनाउने कार्य प्रमुख भएकाले चिन सरकारको सर्त मान्न तयार रहेको बताए । ‘सबै बालबालिको स्कुल जाने अधिकार सुरक्षित गर्न दरबार स्कुल बन्नुपर्छ,’ वडाध्यक्ष बज्राचार्यले भने, ‘हाम्रो तर्फबाट कुनै बाधा आउँदैन । अब संविधानले नै विद्यालय शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ त्यसअनुसार हामी पूर्ण सहयोग गर्न तयार छौं ।’मन्त्री पोखरेलेको निर्देशनपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले नगरिकहरुको भावनाअनुसार दरबार स्कुलको भवनमा बेसमेन्ट पार्किङ बनाउने चाहना काठमाडौं महानगरपालिकाको रहेको बताए ।

उनले महानगरको कारण नक्सा पासमा ढिलाइ नभएको प्रष्ट पार्दै अब स्कुलको पुनःनिर्माण कार्य छिटै सुरु हुने दाबी गरे । ‘कम्तीमा एक साताभित्र महानगरपालिकाले अब स्कुलको चिनियाँ सरकारको डिजाइनकै नक्का पास गर्छ,’ कोइरालाले भने, ‘स्कुल सुरक्षित बन्छ । सबै बालबालिकाले सुरक्षित स्कुलमा चाँडै पढ्न पाउने वातावरण तयार पार्छौं ।’दरबार स्कुलका प्रिन्सिपल हेमचन्द्र महतोले संस्कृत मावि र भानु मावि गरी हाल विद्यालयमा कुल ३ सय बालबालिकाहरु पढीरहेको बताए । उनले स्कुल पुनःनिर्माण कार्यसम्म वाल्मीकि विद्यापिठको परिसरमा टहराको व्यवस्था गरी बालबालिकालाई पठनपाठन गराउने वातावरण मिलाइएको जनाए ।

‘काठमाडौं महानगरपालिकाले नक्सा स्वीकृत गरेपछि स्कुल पुनर्निर्माण गर्न २० महिना लाग्छ,’ आयोजना कार्यन्वयन इकाईका उपनिर्देशक इन्जिनियर दिलिप श्रेष्ठले थपे, ‘चिन सरकारसँग स्कुल निर्माण गर्ने सहमति भएकै २ वर्ष वितिसक्यो । अझै काम सुरु नहुँदा अन्तर्राष्ट्रिय स्तरमै नकरात्मक असर जान्छ । कात्तिक महिनामै महानगरपालिकामा नक्कसा स्वीकृत गर्न पठाइको भए पनि अझै स्वीकृत नहुनु दुखद हो ।’ इन्जिनियर श्रेष्ठले स्कुल पुनर्निर्माणका लागि ठेकेदार छनोट भइसकेको जनाउँदै स्कुल अस्पताल भवनमा बेसमेन्ट पार्किङ कुनै पनि देशमा नहुने पनि बताए ।

प्रकाशित: ८ जेष्ठ २०७५ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App