१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

शिक्षा पत्रकार संजालको अध्यक्षमा पराजुली

शिक्षा पत्रकार संजाल (इजोन) को अध्यक्षमा नेपाल टेलिभिजनका रविचन्द्र पराजुली निर्वाचित भएका छन्।

आइतबार इजोनको आठौँ अधिवेशनले पराजुलीको अध्यक्षता ११ सदसीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। समितिको उपाध्यक्षमा गोरखापत्र दैनिकका सूर्यप्रसाद पाण्डे, महासचिवमा द काठमाण्डुपोष्टका विनोद घिमिरे, सचिवमा रेडियो कान्तिपुरकी पार्वता चौधरी, कोषाध्यक्षमा दि राइजिङ नेपालकी मञ्जिमा ढकाल निर्वाचित भएका छन्।

यसै गरी सदस्यहरूमा विद्यालय मासिक पत्रिकाका रुपेश आचार्य, उज्यालो रेडियो नेटवर्कका अर्जुन पोख्रेल, बागमती टेलिभिजनका दीपक अर्याल, अनलाइन खबरकी नुनुता राई, बाह्रखरीकी सुनिता लोहनी र शिलापत्रका दिनेश गौतक निर्वाचित भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले कार्यक्रमको उद्घाटन गर्दै शिक्षा क्षेत्रको उत्थानकोलागि सबै पक्षको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेकोले सबैको सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव, मन्त्रालयका विभिन्न विभागका प्रमुखहरू, निजी विद्यालय संचालक, सामुदायिक विद्यालयका प्रअहरु, शैक्षिक परामर्श दातृ निकाय तथा शिक्षाबिद्हरुको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित: १५ माघ २०७९ १२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App