४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बजरङ्ग स्टिलले प्राप्त गर्‍याे नेपाल गुणस्तर चिन्ह

स्वस्तिक रोलिड्ड मिल्सद्वारा उत्पादित बजरङ्ग स्टिलले नेपाल गुणस्तर चिन्ह १९१ प्राप्त गरेको छ। उत्पादन सुरु गरेको छोटो अवधिमा नै बजरङ्ग स्टिलले आफूलाई गुणस्तर परीक्षणमा अब्बल साबित गर्दै प्रतिष्ठित नेपाल गुणस्तर चिन्ह प्राप्त गर्न सफल भएको हो। 

मोरङ औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिकामा रहेको स्वस्तिक रोलिङले बजरङ्ग ब्राण्ड अन्तर्गत टिएमटि छड, एङ्गल, च्यानल र आइबिम उत्पादन गर्दै आइरहेको छ। नेपाली बजारको माग र मूल्यलाई सन्तुलन गर्दै गुणस्तरीय स्टिल उत्पादन तथा बिक्री बितरण गर्दै जाने कम्पनीको लक्ष्य रहेको छ।

प्रतिष्ठित व्यापारिक घराना गोल्छा, राठी र प्रतिष्ठित ब्यापारीहरु जीवन रिजाल रइन्तकाब अहमद मियाको २ अर्ब ५० करोडको संयुक्त लगानीमा संचालनमा आएको स्वस्तिक रोलिङ मिल्सले निकट भविष्यमा नै नेपालभर आफ्नो बिक्री बितरण गर्ने भएको छ। आफ्नै मेल्टिङ युनिट रहेको उक्त उद्योगमा दैनिक ५०० टन उत्पादन क्षमता रहेको छ।

उद्योगले ७ देखि ४० एमएमसम्मका टीएमटीको उत्पादन गर्नेछ। बजरङ्ग स्टिल नेपालकै सबैभन्दा नयाँ र अत्याधुनिक प्रविधिबाट उत्पादन भैरहेको कम्पनिको दावी छ। उद्योगले उत्पादन गरेको टीएमटीको ग्रिपिङ गुणस्तर अत्यन्त अत्याधुनिक रहेको कम्पनीले जनाएको छ। उत्पादित टीएमटीको प्रयोग ठूलाठूला जलविद्युत् आयोजना, सडक, बहुतले भवन, पुल र सबै खाले प्रोजेक्टमा प्रयोग गर्न सकिने बताइएको छ। कम्पनीले ७ एम एमदेखि ३२ एमएमसम्मको टीएमटी उत्पादन गर्दछ। 

प्रतिष्ठित नेपाल गुणस्तर चिन्ह ८ देखि ३२ एमएमसम्मको टीएमटी छडले प्राप्त गरेको छ। नेपाली बजारमा गुणस्तरीय स्टिल उत्पादन गर्ने थप जिम्मेवारी पाएको र गुणस्तरको प्रतिवद्दतालाई सधै मनन गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०७९ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App